अन्तर्राष्ट्रिय

मेडागास्करमा जेन–जी आन्दोलनपछि राष्ट्रपतिले देश छाडे

जेन–जी आन्दोलनका कारण अफ्रिकी देश मेडागास्करका राष्ट्रपति एन्ड्री राजोएलिनाले देश छाडेका छन् । संसदमा विपक्षी नेता साइटेनी रान्ड्रियानासोलोनियाइकोले सेनाका एकाइहरू नै प्रदर्शनकारीतर्फ सामेल भएपछि राष्ट्रपति राजोएलिनाले देश छोड्नुपरेको बताएका हुन् । अन्तर्राष्ट्रिय समाचार संस्था...

हमासले विपिनसहितको भनेर चार शव बुझायो

दुई वर्षदेखि प्यालेस्टिनी विद्रोही समूह हमासको कब्जामा रहेका कञ्चनपुरका विपिन जोशी जीवितै फर्कने आशा अन्त्य हुँदै गएको छ । हमासले हिजो विपिन र तीन इजरायलीको भनेर चार शव इजरायललाई बुझाएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन्...

गाजा सम्झौताका लागि ट्रम्पद्वारा अरब देश र मुस्लिम नेताहरूको प्रशंसा

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजा सम्झौताका लागि अरब देश र मुस्लिम नेताहरूको प्रशंसा गरेका छन् । इजरायली संसद् ‘नेसेट’ मा सम्बोधनका क्रममा ट्रम्पले अरब देश र मुस्लिम नेताहरूले बन्धकहरूलाई रिहा गर्न हमासलाई दबाव दिन...

अर्थशास्त्रतर्फको नोबेल पुरस्कार ३ जना अनुसन्धानकर्तालाई

यस वर्षको अर्थशास्त्रतर्फको नोबेल पुरस्कार तीन जना अनुसन्धानकर्तालाई प्रदान गरिने भएको छ । नोबेल पुरस्कार समितिले नवप्रवर्तनबाट उत्प्रेरित आर्थिक वृद्धिको व्याख्या गर्ने जोएल माकर, फिलिप एगिअन र पिटर हाउइटलाई संयुक्त रूपमा पुरस्कृत गर्ने निर्णय...

गाजा युद्धविरामपछि अमेरिकी राष्ट्रपति ट्रम्प इजरायल प्रस्थान

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प इजरायलतर्फ प्रस्थान गरेका छन् । गाजामा जीवित रहेको अनुमान गरिएका २० जना इजरायली बन्धकहरु पहिलो चरणमा आज मुक्त हुँदैछन । योसँगै इजरायलले झन्डै दुई हजार प्यालेस्टिनी कैदी र बन्दीहरूलाई रिहा...

भग्नावशेषमा आफ्नो घर खोज्दै प्यालेस्टिनी

काठमाडौं : इजरायल र हमासबीच गाजामा संघर्षविराम लागू भएपछि लाखौं प्यालेस्टिनीहरू आफ्नो घर भएको ठाउँ फर्किरहेका छन्। शुक्रबार दिउँसोसम्म इजरायलले गाजामाथि आक्रमण गरिरहेको थियो। तर दिउँसो संघर्षविराम लागू भएपछि इजरायली सेना गाजाबाट फिर्ता हुन...