

-
काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले संविधानप्रदत्त पूर्ण प्रेस स्वतन्त्रताप्रति सरकार दृढ रहेको जनाएको छ ।
नियमित पत्रकार सम्मेलनमार्फत कार्यालयका प्रवक्ता एवम् सहसचिव हेमराज अर्याल तथा प्रधानमन्त्रीकी प्रेस विज्ञ दीपा दाहालले सरकारका पछिल्ला कामकारबाही, निर्णय, विकास आयोजनाको प्रगति तथा समसामयिक विषयमा जानकारी गराएका छन् ।
प्रधानमन्त्रीकी प्रेस विज्ञ दाहालले सरकार प्रेस स्वतन्त्रताको पक्षमा पूर्ण प्रतिबद्ध रहेको बताइन् । पत्रकारमाथि धरपकड तथा समाचार कक्षमा प्रहरी पुगेको विषयलाई लिएर चर्को आलोचना हुँदै आएको छ ।
यसैबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले प्रधानमन्त्री वालेन्द्र शाहको भारत भ्रमणको तयारी भइरहेको जानकारी दिएको छ ।
कार्यालयका प्रवक्ता अर्यालले आउँदो मङ्सिरमा हुन लागेको प्रधानमन्त्री शाहको भारत भ्रमणको तयारी तीव्र गतिमा अघि बढिरहेको जानकारी दिइन् ।
अर्यालले भ्रमणका क्रममा उठाउनुपर्ने विषयवस्तु र एजेन्डाबारे परराष्ट्र मन्त्रालय र सरोकारवाला निकायसँग आवश्यक समन्वय भइरहेको पनि बताइन् ।
News Desk 0 response शुक्रबार, कार्तिक २१, २०८३

सम्बन्धित शीर्षकहरु
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


