

-
काठमाडौं : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलाको आकाश पूर्ण रूपमा बन्द रहेको ठान्न सबै एयरलाइन्स, पाइलट तथा सरोकारवाला निकायलाई चेतावनी दिएका छन्।
आफ्नो ट्रुथ सोसल अकाउन्टमा पोस्ट लेख्दै ट्रम्पले भेनेजुएलाको आकाश पूर्ण रूपमा बन्द रहेको घोषणा गरेका हुन्।
‘सबै एयरलाइन्स, पाइलट, लागूऔषध कारोबारी र मानव तस्करहरूले भेनेजुएला तथा यस वरपरका आकास क्षेत्र अब पूर्ण रूपमा बन्द रहेको मान्नु,’ उनले ट्रुथ सोसलमा लेखेका छन्।
ट्रम्पको यो अभिव्यक्तिले भेनेजुएलाको राजधानी कराकसमा त्रास बढेको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।
ट्रम्पले भेनेजुएलाको आकाश बन्द कसरी कार्यान्वयन गर्ने भनेर विस्तृत रूपमा बताएका छैनन्।
भेनेजुएलाका राष्ट्रपति निकोलस मादुरोले लागुऔषध कारोबारलाई बढावा दिएको आरोप लगाउँदै ट्रम्पले तीन महिनादेखि क्याराबियन क्षेत्रमा जहाजहरूमाथि हमला गराइरहेका छन्।
भेनेजुएला सरकारले भने ट्रम्पको उक्त अभिव्यक्ति देशको सार्वभौमिकतामाथिको प्रहार भनेका छन्। अमेरिकाले उपनिवेश शैलीको धम्की दिएको भन्दै त्यसको कडा निन्दा गरेको छ।
सरकारद्वारा जारी विज्ञप्तिमा ट्रम्पको अभिव्यक्तिलाई अन्तर्राष्ट्रिय कानुनको मर्मविपरीत, एकपक्षीय र शत्रुतापूर्ण कदम भनिएको छ।
ट्रम्पको पछिल्लो घोषणाले भने ह्वाइट हाउसकै अधिकारीहरू अचम्भित देखिएको भनेर रोयटर्सले लेखेको छ। यसबारेमा न ह्वाइट हाउस न पेन्टागन कसैले पनि अहिलेसम्म प्रतिक्रिया दिएका छैनन्।
सैन्य हिसाबले भेनेजुएलामाथि ‘नो–फ्लाइ जोन’ लगाउन ठूला स्रोत, योजना र तयारी आवश्यक पर्ने पूर्व अमेरिकी लेफ्टिनेन्ट जनरल डेभिड डेप्टुलाले बताएका छन्।
उनका अनुसार यस्तो निर्णयका सूक्ष्म विवरण नै सबैभन्दा निर्णायक हुने विषय हो।
अमेरिकाले मादुरो सरकारलाई हटाउनेसम्मका विकल्पहरूमाथि छलफल गरिरहेको छ। क्यारेबियन क्षेत्रमा ठूलो सैन्य तैनाथ, भेनेजुएलाको तटीय क्षेत्रमा अवैध लागुऔषध बोक्ने डुंगामाथि लगातार तीन महिनासम्म गरिएको हमला तथा गुप्तचर संस्था सिआइएलाई दिइएको गोप्य अपरेसनको अनुमति पनि यही दबाब रणनीतिको अंश मानिएको छ।
ट्रम्पले हालै सैनिकहरूसँगको सम्बोधनमा चाँडै जमिनबाट पनि कारबाही सुरु गरिने संकेत दिएका थिए।
भेनेजुएला सरकारले अमेरिकामाथि ल्याटिन अमेरिकामाथिको औपनिवेशिक महत्वाकांक्षा देखाएको आरोप लगाउँदै अन्तर्राष्ट्रिय समुदायलाई यसको विरोध गर्न आह्वान गरेको छ।
भेनेजुएलाको सहयोगी राष्ट्र इरानले पनि ट्रम्पको घोषणालाई अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लङ्घन र विश्व उड्डयन सुरक्षामाथिको खतरा भनेको छ।
ट्रम्पको यस अभिव्यक्तिले अमेरिकाबाट स्वदेश फर्काइँदै आएका करिब १४ हजार भेनेजुएलाली नागरिकको निर्वासन उडानसमेत प्रभावित हुने भेनेजुएलाको दाबी छ।
पछिल्ला महिनाहरूमा यी उडानहरू हप्तामा दुई पटक भइरहेका थिए।
यसअघि अमेरिकी उड्डयन नियामक संघीय उड्डयन प्राधिकरणले भेनेजुएलामाथि उडान गर्दा सुरक्षा जोखिम बढेको चेतावनी दिएको थियो।
त्यसपछि केही अन्तर्राष्ट्रिय एयरलाइन्सले उडान निलम्बन गरेका थिए, जसको जवाफमा भेनेजुएलाले छ ठूला विदेशी एयरलाइन्सको सञ्चालन अनुमति नै खारेज गरिदिएको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलामा कारबाही गर्ने धम्की दिएपछि भेनेजुएलाका राष्ट्रपति निकोलस मदुरोले आफ्नो सुरक्षा व्यवस्था कडा पारेका छन्।
सुरक्षा खतरा महसुस गरेर उनले आफू सहभागी हुने सार्वजनिक कार्यक्रमको ढिलो घोषणा गर्ने गरेको र ती कार्यक्रममा सहभागी हुनेहरू सावधानीपूर्वक छानिने गरेको द फाइनान्सियल टाइम्सले जनाएको छ।
त्यस्तै, अमेरिकाले आफूलाई मार्न ती कार्यक्रममा आक्रमण नगरोस् भनेर सयौं मान्छे रक्षा कवचका रूपमा राख्ने गरेको भनेर सुरक्षाविदहरूले बताएका छन्।
मदुरो सहित अरू उच्च अधिकारी र जनरलहरू एकै साथ सहभागी भए सबैलाई मार्न त्यस्तो भीडमा समेत अमेरिकाले प्रहार गर्ला भनेर उच्च अधिकारीहरू उनका कार्यक्रममा देखिन छोडेका छन्।
त्यस्तै, उनले आफ्नो सुरक्षाका लागि भेनेजुएलाका सैनिक भन्दा क्युबाका सुरक्षाकर्मी र खुफिया अधिकारी प्रयोग गर्ने गरेका छन्।
सुरक्षा खतरा महसुस गरेर मदुरोले दुई वर्षपछि राजीनामा दिन सहमत भएको समेत भर्खरै खुलासा भएको छ।
ट्रम्पले अगस्ट महिनाको अन्त्यतिर दक्षिणी क्यारेबियन क्षेत्रमा शक्तिशाली पनडुब्बी र युद्धपोतहरू पठाएपछि उनले भेनेजुएलाका राष्ट्रपति मदुरोलाई सत्ताच्युत गर्न लागेको अड्कल काटिएको छ।
दक्षिणी क्यारेबियन क्षेत्रबाट भेनेजुएला एकदमै नजिक पर्छ। यति धेरै अमेरिकी–शक्ति यो क्षेत्रमा आएपछि राष्ट्रपति मदुरो आत्तिएका छन्।
अमेरिकाले भेनेजुएलाका लागुऔषध तस्करमाथि प्रहार गर्न अहिले त्यति ठूलो संख्यामा सैनिक र युद्धपोतहरू पठाउनु नपर्ने भएकाले पनि मदुरो सशंकित छन्।
अमेरिकाले अगस्टमै मदुरोको लागुऔषध तस्करसँग सम्बन्ध रहेको भन्दै उनलाई पक्रिन सहयोग गर्नेलाई दिइने पुरस्कार दोब्बर पारेर पाँच करोड डलर पुर्याएको थियो।
दोस्रो कार्यकाल सम्हालेपछि ट्रम्पले फेब्रुअरीयता नौ वटा ल्याटिन अमेरिकी लागुऔषध तस्कर समूहलाई विदेशी आतंकवादी संगठन घोषणा गरेका छन्। त्यसमध्ये दुइटा भेनेजुएलाका हुन्। तीमध्ये एउटा मदुरोको प्रत्यक्ष निर्देशनमा चल्ने अमेरिकी पत्रिका द वाल स्ट्रिट जर्नलले लेखेको छ।
यस्तो परिस्थितिमा मदुरोको सत्ता पल्टाउन ट्रम्पले ठूलो संख्यामा सेना र युद्धपोत पठाएका हुन सक्ने विश्लेषण गरिएको छ। सेना र युद्धपोत देखेर मदुरो डरले देश छाडेर भागून् भन्ने मनसाय पनि उनको हुन सक्छ।
मदुरो देश छाडेर नभाग्ने देखेपछि अहिले उनलाई डर देखाउन भेनेजुएलाभित्रै हमला गर्न सिआइएलाई अनुमति दिएको ट्रम्पले खुलासा गरेका हुन सक्छन्।
अमेरिकाले विगतमा त्यस्तो कदम चालेकाले पनि मदुरोलाई सशंकित पार्नेछ।
सन् १९८९ मा, राष्ट्रपति जर्ज एच डब्लु बुसका पालामा पानामाका तत्कालीन सैनिक शासक जनरल मानुएल नोरिएगालाई सत्ताच्युत गर्न अमेरिकाले पानामामाथि आक्रमण गरेको थियो।
अहिले मदुरोलाई जस्तै नोरिएगालाई पनि अमेरिकामा लागुपदार्थ पैठारी र सम्पत्ति शुद्धीकरणको मुद्दा लगाइएको थियो।
त्यस्तै, तत्कालीन राष्ट्रपति जोन एफ केनेडीको पालामा क्युबाका फिडेल क्यास्ट्रोको सत्ता पल्टाउन सन् १९६१ मा सिआइएले क्यास्ट्रोलाई सत्ताच्युत गर्न बे अफ पिग्समा आक्रमण गरेको थियो।
केनेडीले अमेरिकाको संलग्नता नदेखियोस् भनेकाले त्यहाँ सिआइएले अमेरिकी सेना नपठाई प्रवासमा रहेका क्युबाका जनता परिचालन गरेको थियो। तर सो आक्रमण विफल भयो, क्यास्ट्रो झन् धेरै शक्तिशाली भए र त्यसपछि आधा शताब्दी क्युबामा शासन गरे।
News Desk 0 response आइतवार, मंसिर १५, २०८२

सम्बन्धित शीर्षकहरु
-
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२ -
‘पेन डाउन’का कारण वीरगञ्ज भन्सार कार्यालयको राजश्व..
मङ्लबार, मंसिर २४, २०८२
-
समानुपातिक निर्वाचन प्रणालीका लागि एक सय वटा..
बुधबार, मंसिर २५, २०८२ -
खानेपानी कार्यालय दाङका तत्कालीन प्रमुखसहित ६ जनाविरुद्ध..
बुधबार, मंसिर २५, २०८२ -
कोशी र गण्डकी प्रदेशको पहाडी भागमा मौसम..
बुधबार, मंसिर २५, २०८२ -
सुदूरपश्चिम लगातार दोश्रो पटक एनपीएलको फाइनलमा, विराटनगर..
मङ्लबार, मंसिर २४, २०८२ -
‘पेन डाउन’का कारण वीरगञ्ज भन्सार कार्यालयको राजश्व..
मङ्लबार, मंसिर २४, २०८२
-
एमालेले दायर गरेको प्रतिनिधिसभा विघटनविरुद्धको रिटमा सर्वोच्चको..
बुधबार, मंसिर १८, २०८२ -
जेनजी प्रदर्शनमा हतियार जोगाउन नसकेका सशस्त्रका डीएसपीसहित..
मङ्लबार, मंसिर १७, २०८२ -
रूसी राष्ट्रपति पुटिन बिहीबार दिल्ली आउँदै, अमेरिकी..
बुधबार, मंसिर १८, २०८२ -
बैकुण्ठ अर्याल सचिवमा बढुवा
सोमवार, मंसिर १६, २०८२ -
नगद कारोबारको सीमा घटाइयो, ५ लाखमाथि अनिवार्य..
सोमवार, मंसिर १६, २०८२



