अन्तर्राष्ट्रिय

युक्रेनको निकोपोल सहरमा रुसको मिसाइल आक्रमण, कम्तीमा ३७ जनाको ज्यान गयो

युक्रेनको दक्षिणी सहर निकोपोलमा रुसले गरेको मिसाइल आक्रमणमा कम्तीमा ३७ जनाको ज्यान गएको छ । केही नागरिक घाइते भएका छन् । त्यहाँ पछिल्ला तीन दिन लगातार आक्रमणका घटना भएका छन् । रुसको लामो दूरीको...

श्रीलङ्काले कसङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने

श्रीलङ्काले वित्तीय तथा आर्थिक सङ्कट व्यवस्थापनका लागि चीनसँग ४ अर्ब डलर सहयोग माग्ने तयारी गरेको छ । बेइजिङमा रहेका श्रीलङ्काली राजदूत पलिथा कोहोनाले यो सहयोगका लागि चीनले सहमति जनाउनेमा आफू विश्वस्त भएको बताएका छन्...

श्रीलङ्काका पूर्वप्रधानमन्त्री र पूर्व अर्थमन्त्रीलाई देश छाड्न प्रतिबन्ध

श्रीलङ्काको सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री महिन्दा राजापाक्षे र पूर्व अर्थमन्त्री बासिल राजपाक्षेलाई देश छाड्न प्रतिबन्ध लगाएको बीबीसीले जनाएको छ । बासिल राजापाक्षेले केही दिनअघि श्रीलङ्का छाडेर जाने प्रयास गरेका थिए तर विमानस्थलका कर्मचारीले उहाँले विमानसम्म...

श्रीलङ्काका राष्ट्रपति राजापाक्षेद्वारा राजीनामा, प्रदर्शनकारीले मध्यरातमै मनाए खुसीयाली

श्रीलङ्का छाडेर माल्दिभ्से हुँदै सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएका छन् । हिजो माल्दिभ्सबाट सिङ्गापुर गएका राष्ट्रपति राजापाक्षेले इमेलमार्फत राजीनामा पत्र पठाएका सभामुख महिन्दा यापा अबेवर्दनाले बताएका बीबीसीले जनाएको छ । राष्ट्रपतिको...

क्यानडामा ४७७ जनामा मङ्कीपक्स सङ्क्रमण

ओटावा : क्यानाडाको जनस्वास्थ्य एजेन्सीले बुधवारसम्म देशमा कुल ४७७ जना मङ्कीपक्स सङ्क्रमण भएको पुष्टि गरेको छ।एजेन्सीका अनुसार क्युबेकमा २८४, ओन्टारियोमा १५६, ब्रिटिश कोलम्बियामा २९ र अल्बर्टाका आठ जनामा सङ्क्रमण पुष्टि भएको छ ।राष्ट्रिय माइक्रोबायोलोजी...

लस एन्जलसमा कारोनाको त्रास, मास्क अनिवार्य गर्ने सरकारी तयारी

लस एन्जलस ; कोरोना भाइरसको सङ्क्रमण पुनः बढेकाले एक करोड जनसङ्ख्या भएको यो महानगरमा अनिवार्यरूपमा मास्क लगाउनुपर्ने प्रावधानलाई पुनः लागू गर्ने तयारी भइरहेको छ । अस्पताल भर्ना हुने बिरामीको चापलाई दृष्टिगत गरी मास्क लगाउनुपर्ने...