

-
श्रीलङ्का छाडेर माल्दिभ्से हुँदै सिङ्गापुर गएका श्रीलङ्काका राष्ट्रपति गोटाबाय राजापाक्षेले राजीनामा दिएका छन् ।
हिजो माल्दिभ्सबाट सिङ्गापुर गएका राष्ट्रपति राजापाक्षेले इमेलमार्फत राजीनामा पत्र पठाएका सभामुख महिन्दा यापा अबेवर्दनाले बताएका बीबीसीले जनाएको छ । राष्ट्रपतिको राजीनामासँगै प्रदर्शनकारीले मध्यरातसम्म सडकमा खुसीयाली मनाएका खबरमा उल्लेख छ ।
राष्ट्रपति राजापाक्षेले यसअघि नै कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी प्रधानमन्त्री रनिल विक्रामासिङ्घेलाई दिइसकेका थिए । तर राजीनामा दिनुको साटो प्रधानमन्त्रीले उल्टै कार्यवाहक राष्ट्रपतिको समेत जिम्मेवारी लिएको भन्दै प्रदर्शनकारी आक्रोसित छन् ।
प्रदर्शन चकिँदै गएपछि प्रधानमन्त्री विक्रमासिङ्घेले देशमा सङ्कटकालको घोषणा गर्दै केही ठाउँमा कर्फ्यु लगाउनुभएको छ । आर्थिक रुपमा टाट पल्टिएको श्रीलङ्कामा प्रदर्शनकारीले राष्ट्रपति निवास र प्रधानमन्त्री निवास नै कब्जामा लिएका छन् भने प्रधानमन्त्रीको निजी निवासमा आगजनी गरेका छन् ।
देश आर्थिक रुपमा टाट पल्टिनुको कारण राष्ट्रपति राजापाक्षेको नातावाद मुख्य कारण रहेको उनीहरुको आरोप छ । श्रीलङ्कामा औषधि समेत उपलब्ध हुन छाडेको छ । इन्धन, खाद्यान्न लगायतका दैनिक उपभोग्य वस्तुको अभाव छ । स्कुल, कलेज बन्द रहेका छन्, इन्धन अभावमा यातायात र कलकारखाना समेत ठप्प रहेका छन् ।
News Desk 0 response शुक्रबार, असार ३१, २०७९

सम्बन्धित शीर्षकहरु
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
दुई पाइलटबीच ‘हानाहान’ भएकाे फ्लाई दुबई घटनाकाे..
बुधबार, अशोज २१, २०८३
-
रहेनन्, नाना पाटेकर
बिहिबार, अशोज २२, २०८३ -
भोटेकोशी बाढी : नेपाली वैज्ञानिकले पत्ता लगाए..
बुधबार, अशोज २१, २०८३ -
कांग्रेसको नयाँ नेतृत्व चयनका लागि भोलि बिहान..
बुधबार, अशोज २१, २०८३ -
फ्रान्सका हेनरी र जापानका केन्सोलाई रसायनशास्त्रतर्फको नोबेल..
बुधबार, अशोज २१, २०८३ -
सर्वोच्च अदालतमा ४ जना न्यायाधीश सिफारिश
मङ्लबार, अशोज २०, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३


