अन्तर्राष्ट्रिय

भारतको तमिलनाडुमा साँढे जुधाइ प्रतियोगिताको क्रममा सात जनाको मृत्यु

दक्षिणी भारतमा ‘बुल फाईट’ अर्थात साँढे जुधाइ प्रतियोगिताको क्रममा कम्तीमा सात जनाको मृत्यु भएको छ । चार सय जनाभन्दा धेरै घाइते भएका चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ । दक्षिण भारतको तमिलनाडु राज्यका विभिन्न...

इजरायलको मन्त्रिपरिषदद्वारा गाजा युद्धविराम र बन्धक रिहाइ सम्झौता अनुमोदन

इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब भोलि आइतवारदेखि युद्धविराम लागू हुने बाटो खुलेको छ । युद्धविराम प्रस्ताव अनुमोदन गर्नेरनगर्ने विषयमा घण्टौँसम्म छलफल भएको...

चीनमा एप्पलका स्मार्टफोन बिक्रीमा गिरावट, भीभो र हुवावेको बजार हिस्सा बढ्यो

चीनमा अघिल्लो वर्ष सन् २०२४ मा एप्पलले सबैभन्दा बढी बिक्री हुने स्मार्टफोन ब्राण्डको हैसियत गुमाएको छ । एप्पलका लागि उत्कृष्ट बजार रहेको चीनमा गएको वर्षभन्दा यसको बिक्री केही घटेको नयाँ तथ्याङ्कले देखाएको हो ।...

भारतको ‘स्पेस–डकिंग’ मिसन सफल

भारतले सफलतापूर्वक ऐतिहासिक स्पेस–डकिंग परीक्षण गरेको छ । भारतीय अन्तरिक्ष एजेन्सी इसरोले पहिलो पटक अन्तरिक्षमा दुई वटा साना यानलाई एकसाथ जोडेर स्पेस–डकिंङ सफलतापूर्वक पूरा गरेको बीबीसीले जनाएको छ । योसँगै भारत स्पेस–डकिंग गर्ने चौथो...

इजरायल र हमासबीच युद्धविराम सम्झौता, आइतवारदेखि पूर्ण युद्धविराम लागू हुने

इजरायल र हमासबीच युद्धविराम सम्झौता भएको छ । गएको १५ महिनादेखि भइरहेको युद्ध अन्त्य गर्नका लागि भएको सम्झौता आउँदो आइतवारदेखि लागू हुने बीबीसीले जनाएको छ । अमेरिकी राष्ट्रपति जो बाइडेनले गाजाबाट इजरायली सेना फिर्ता...

दक्षिण कोरियाका निलम्बित राष्ट्रपति येओल पक्राउ गर्ने तयारी

दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न अनुसन्धानकर्ताहरुले फेरि प्रयास गरिरहेका छन् । अदालतले राष्ट्रपति येओलविरुद्धको अघिल्लो पक्राउ पुर्जीको म्याद थप गरेपछि उनीहरुले पक्राउ गर्न फेरि प्रयास गरिरहेका बीबीसीले जनाएको छ...