

-
इजरायलको मन्त्रिपरिषद्ले हमाससँग गाजामा युद्धविराम र बन्धक रिहा गर्ने सम्झौतालाई अनुमोदन गरेको छ । यो अनुमोदनसँगै अब भोलि आइतवारदेखि युद्धविराम लागू हुने बाटो खुलेको छ ।
युद्धविराम प्रस्ताव अनुमोदन गर्नेरनगर्ने विषयमा घण्टौँसम्म छलफल भएको थियो । दुई जना मन्त्रीहरूले सम्झौताको विरोधमा मतदान गरेका बीबीसीले जनाएको छ ।
प्रधानमन्त्री बेन्जामिन नेतान्याहुको कार्यालय र सुरक्षा मन्त्रिपरिषदले युद्धविरामले युद्धको उद्देश्य प्राप्त गर्न सहयोग गर्ने भन्दै अनुमोदन गर्न सिफारिश गरेको थियो । हमासले पनि युद्धविराम सम्झौता र बन्धक रिहाइको सम्झौता पारित गरिसकेको छ ।
अमेरिका, कतार र इजिप्टको मध्यस्थतामा गएको बुधवार राति दोहामा भएको वार्तामा सहमति जुटेको थियो । इजरायलको मन्त्रिपरिषद्ले यो सम्झौता अनुमोदन गरेसँगै १५ महिनादेखिको युद्ध रोकिने छ ।
सम्झौताअनुसार हमासले विभिन्न चरणमा ३३ जना बन्धक रिहाइ गर्नेछ भने इजरायलले सयौँ प्यालेस्टाइनी कैदीलाई मुक्त गर्नेछ । इजरायली सेना पनि गाजाको घना बस्ती भएको क्षेत्रबाट फिर्ता हुनेछन् ।
विस्थापित प्यालेस्टाइनलाई आफ्नो घर फर्कन अनुमति दिइनेछ र हरेक दिन सयौँ सहायता ट्रकहरूलाई गाजा प्रवेश गर्न अनुमति दिइनेछ । पहिलो चरणको सम्झौता कार्यान्वयनपछि दोस्रो चरणको सम्झौता हुनेछ । जसमा, बाँकी बन्धकहरूलाई रिहा गर्ने, इजरायली सेना पूर्ण रुपमा फिर्ता लिने र दीगो शान्तिको थालनी हुनेछ । अन्तिम चरणमा गाजाको पुनर्निर्माण हुनेछ ।
गाजा ध्वस्त भइसकेकाले पुनर्निर्माणको लागि केही वर्ष लाग्न सक्छ । कतारले पहिलो चरणमा रिहा गरिने बन्धकहरूमा महिला, महिला सैनिक, बालबालिका, वृद्ध, बिरामी र घाइते नागरिकहरू समावेश हुने बताएको छ ।
सन् २०२३ को अक्टोबरमा हमासले १२ सय जनाको ज्यान जानेगरी इजरायलमा आक्रमण गरेको थियो भने २ सय ५१ जनालाई बन्धक बनाएको थियो । यसअघिको युद्धविराममा केही बन्धकको रिहाइ भइसकेको छ, केहीको युद्धकै क्रममा ज्यान गएको छ । ६० जनाको हाराहारीमा अझै जीवित रहेको अनुमान छ ।
नेपालका विपिन जोशीलाई पनि हमासले बन्धक बनाएको छ । सम्झौताअनुसार शुरुमा छुट्ने ३४ जनाको सूचीमा थपिएर नेपाली विद्यार्थी विपिन पनि मुक्त हुन सक्ने र आइतवार छुट्ने सूचीमा नपरे त्यसको १६औँ दिनमा जोशी छुट्ने नेपाल सरकारको विश्वास छ ।
हमासले गरेको आक्रमणको जवाफमा इजरायलले गाजा नै ध्वस्त हुनेगरी जवाफी कारबाही शुरू गरेको थियो । १५ महिनामा गाजामा ४७ हजार जनाको ज्यान गएको छ । २३ लाख जना मानिस विस्थापित भएका छन् । गाजामा खाद्यान्न, ईन्धन, औषधि र आश्रयको चर्को अभाव छ ।
News Desk 0 response शनिबार, माघ ५, २०८१


सम्बन्धित शीर्षकहरु
-
पुराना ल्यापटप गोदाममा थन्क्याएर सुदूरपश्चिमका सांसदलाई नयाँ..
सोमवार, माघ २८, २०८१ -
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१
-
महाकुम्भ मेला : हालसम्म ४२ करोडभन्दा बढीले..
सोमवार, माघ २८, २०८१ -
आजको मौसम : यी ठाउँमा वर्षा र..
सोमवार, माघ २८, २०८१ -
काठमाडौंको फर्पिङ र सुर्खेत बस दुर्घटनामा परेर..
सोमवार, माघ २८, २०८१ -
माओवादीले तोक्यो सात प्रदेश र ७७ वटै..
आइतवार, माघ २७, २०८१ -
सिमसार क्षेत्रको संरक्षणले दाङमा चराचुरुङ्गीको सङ्ख्या बढ्यो
आइतवार, माघ २७, २०८१
-
रवि लामिछानेसहित १५ जनाविरुद्ध चितवनमा अभियोग पत्र..
मङ्लबार, माघ २२, २०८१ -
न्यायपरिषद सदस्यमा दामोदर खड्काको नाम अनुमोदन
आइतवार, माघ २०, २०८१ -
रास्वपाले संसदमा सभापति रवि लामिछानेको विषय उठाउने
बुधबार, माघ २३, २०८१ -
झापाको दमकमा झडप, ८ जना पक्राउ
आइतवार, माघ २०, २०८१ -
निजी क्षेत्रले पनि विमानस्थल निर्माण र सञ्चालन..
सोमवार, माघ २१, २०८१