

-
दक्षिण कोरियामा महाभियोग लगाइएका राष्ट्रपति यून सुक येओललाई पक्राउ गर्न अनुसन्धानकर्ताहरुले फेरि प्रयास गरिरहेका छन् ।
अदालतले राष्ट्रपति येओलविरुद्धको अघिल्लो पक्राउ पुर्जीको म्याद थप गरेपछि उनीहरुले पक्राउ गर्न फेरि प्रयास गरिरहेका बीबीसीले जनाएको छ ।
गएको डिसेम्बरमा सैनिक शासन ल्याउने ‘मार्शल ल’ लागू गर्ने अल्पकालीन प्रयासपछि विद्रोहको आरोपमा उनीमाथि महाअभियोग लगाइएकाले अनुसन्धान भइरहेको छ ।
अनुसन्धानको क्रममा येओललाई पक्राउ गर्न यसअघिको पहिलो प्रयास असफल भएपछि दोस्रो पटक तयारी भएको हो । पहिलो प्रयासमा येओलको समर्थकले अवरोध गरेका थिए ।
अहिले पनि दक्षिण कोरियाका अधिकारीहरु येओलको निवासमा उनलाई पक्राउ गर्न भन्दै पुगेपछि ठूलो सङ्ख्यामा उनका समर्थक र आलोचक दुवै जम्मा भएका छन् । झण्डै हजार जना प्रहरी अधिकारीहरू पनि तैनाथ गरिएको खबरमा उल्लेख छ ।
केही प्रदर्शनकारी र प्रहरीबीच बिहानै झडपसमेत भएको छ । पक्राउमा अवरोध हटाउन पहिला येओलका सुरक्षा महाशाखाका प्रमुखलाई पक्राउ गर्न प्रहरीले प्रयास गरिरहेको छ ।
यसैबीच राष्ट्रपति येओलको महाअभियोग प्रस्तावमा संसदमा हिजोदेखि छलफल शुरू भएको छ । यस छलफलले उनलाई पदबाट हटाउने वा नहटाउने निस्कर्ष दिने छ । तर उनको अनुपस्थितिका कारण चार मिनेटमा हिजाको छलफल सकिएको थियो । उनको तर्फबाट वकिलले मात्र बोलेका थिए
News Desk 0 response बुधबार, माघ २, २०८१

सम्बन्धित शीर्षकहरु
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
रुस, युक्रेन र अमेरिकाबीच आज र भोलि..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
एनपीएल : पोखराको पहिलो जीत, कर्णाली ६३..
सोमवार, कार्तिक २४, २०८३ -
रुसलाई एक्ल्याउने अमेरिकी नीतिमा उलटफेर
सोमवार, कार्तिक २४, २०८३
-
तिहार अन्तर्गत आज गोवर्द्धन, गोरु, बली र..
मङ्लबार, कार्तिक २५, २०८३ -
नेपाल संवत् ११४७ सुरु, म्हः पूजा पनि..
मङ्लबार, कार्तिक २५, २०८३ -
तिहारको बेला मलेखु–मुग्लिङ सडक खण्ड ठप्प
सोमवार, कार्तिक २४, २०८३ -
श्रमिकको पारिश्रमिक तथा सामाजिक सुरक्षासम्बन्धी कार्यविधि २०८३..
आइतवार, कार्तिक २३, २०८३ -
लक्ष्मी पूजाको रातलाई किन भनिन्छ ‘सुखरात्रि’ ?..
आइतवार, कार्तिक २३, २०८३
-
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३ -
नेपाल प्रहरीमा जिम्मेवारी हेरफेर
बुधबार, कार्तिक १९, २०८३


