समाचार

अभ्यास खेलमा अमेरिकाको ‘ए’ टोलीसँग नेपाल ४ विकेटले पराजित

काठमाडौं : अमेरिकाको ‘ए’ टोलीसँगको एकदिवसीय अभ्यास खेलमा नेपाल ४ विकेटले पराजित भएको छ । नेपालले दिएको ८२ रनको सामान्य लक्ष्य अमेरिका ुएु ले २३ ओभर १ बलमा ६ विकेट गुमाएर भेटायो । अमेरिका...

सन् २०२४ र २०२५ मा समग्रमा विश्व आर्थिक वृद्धिदर केही घट्ने

यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही घटेर ३ दशमलव २ प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ । आफ्नो नयाँ विश्व आर्थिक आउटलुक...

भिस्तारा एयरमा बम भेटिएन, हल्ला मात्र

काठमाडौं : दिल्लीबाट काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण भएको भिस्तारा एयरमा बम राखेको सूचना गलत पुष्टि भएको छ । भिस्तारा एयर–१५५ मा चेकजाँच गर्दा विस्फोटक पदार्थ नभेटिएको उपत्यका प्रहरी कार्यालयकी एआईजी किरण बज्राचार्यले बताइन्...

भिस्टाराको एयरवेजको जहाजमा बम राखेको हल्ला, सेनाले ‘सर्च अप्रेसन’ गर्दै

काठमाडौं : भारत नयाँदिल्लीबाट काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको भारतीय निजी वायुसेवा कम्पनी भिस्टारा एयरवेजको जहाजमा बम राखेको हल्ला चलेको छ । भिस्टाराको उडान नम्बर ‘यूके १५५’ भएको उक्त जहाज अहिले ‘अनग्राउन्ड’ रहेको...

सरकारले गर्‍यो २३८ जना मृतकका परिवारलाई ४ करोड ७६ लाख राहत वितरण

काठमाडौं : सरकारले बाढी, पहिरो र डुबान लगायत विपद्का घटनामा परी मृत्यु भएका २३८ परिवारलाई आर्थिक सहायता उपलब्ध गराएको छ । गत असोज १२ को दोस्रो साता आएको विपद‍्मा परी ज्यान गुमाएका मृतकका परिवारलाई...

भारत र चीनबीच सिमानामा गस्तीसम्बन्धी सम्झौता

भारत र चीनबीच सीमा क्षेत्रमा हुने सैनिक गस्तीको विषयमा सम्झौता भएको छ । आज र भोलि हुन गइरहेको ब्रिक्स शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री नरेन्द्र मोदी रुस जानु अघि भारतीय विदेश मन्त्रालयले वास्तविक नियन्त्रण...