

-
यस वर्ष विश्वको आर्थिक वृद्धिदर केही घटेर ३ दशमलव २ प्रतिशत हुने र सन् २०२५ मा पनि यही स्तरमा रहने अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले अनुमान गरेको छ ।
आफ्नो नयाँ विश्व आर्थिक आउटलुक (डब्ल्यूईओ) प्रतिवेदनमा आईएमएफले विश्वव्यापी मुद्रास्फीति घटेर यस वर्ष ५ दशमलव ८ प्रतिशत हुने र सन् २०२५ मा ४ दशमलव ३ प्रतिशतमा झर्ने अनुमान रहेको उल्लेख गरेको छ । तर आर्थिक वृद्धिमा ठूलो गिरावट वा विश्वव्यापी मन्दीविना मुद्रास्फीति विस्तारै सही दिशातर्फ जाने आईएमएफका मुख्य अर्थशास्त्री पियरे–ओलिभियर गौरिन्चासले बताएको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ । विकसित अर्थतन्त्रहरू सन् २०२५ मा केन्द्रीय बैंकको लक्ष्यमा फर्किने र उदीयमान बजारका लागि भने केही समय लाग्ने अनुमान रहेको उनको भनाइ छ ।
प्रकाशन विश्व अर्थतन्त्रबारे छलफलका लागि विश्वभरका वित्तमन्त्री र केन्द्रीय बैंकरहरूलाई एकत्रित गर्ने आईएमएफ र विश्व बैंकको वार्षिक बैठक अमेरिकामा भइरहेका बेला यो प्रतिवेदन सार्वजनिक भएको हो । विश्वको सबैभन्दा ठूलो अर्थतन्त्र रहेको अमेरिका तथा फ्रान्स, बेलायत, इटलीलगायतका युरोपेली देशमा आर्थिक वृद्धिदर बढ्ने तर चीन र भारतको अर्थतन्त्र केही सुस्ताउने प्रतिवेदनमा उल्लेख छ ।
News Desk 0 response बुधबार, कार्तिक ७, २०८१

सम्बन्धित शीर्षकहरु
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य बदल्ने अवसर कि पुरानै आश्वासन ?
बुधबार, मंसिर ३, २०८३-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
ट्रम्प चीनमाः सी र पुटिनसँग त्रिपक्षीय शिखर..
बुधबार, मंसिर ३, २०८३ -
एनपीएल : सुदूरपश्चिमलाई ६ विकेटले पराजित गर्दै..
मङ्लबार, मंसिर २, २०८३
-
असोजमा भित्रियो कीर्तिमानी रेमिट्यान्स, एकै महिनामा २..
बिहिबार, मंसिर ४, २०८३ -
ट्रम्प, सी र पुटिन भेट : युक्रेन..
बिहिबार, मंसिर ४, २०८३ -
प्रधानमन्त्रीको दिल्ली भ्रमण : नेपालको आर्थिक भविष्य..
बुधबार, मंसिर ३, २०८३ -
सहकारी ठगी : ढोरपाटनका मेयर देवकुमार नेपालीलाई..
मङ्लबार, मंसिर २, २०८३ -
सिन्धुलीको अधेरी खोलामा माइक्रोबस दुर्घटना, १४ जना..
मङ्लबार, मंसिर २, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
सर्वोच्चका नवनियुक्त ४ न्यायाधीशले शपथ लिए
शुक्रबार, कार्तिक २८, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३ -
अब हरेक कार्यालयले ई–पेन्सन सेवा दिनुपर्ने
शुक्रबार, कार्तिक २८, २०८३


