समाचार

आज धेरै ठाउँमा आज पानी पर्ने सम्भावना

काठमाडौं : आज पूर्वदेखि पश्चिमसम्म हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा पनि गएरातिदेखि बदली भएको र आज दिउँसोदेखि हल्का वर्षाको सम्भावना रहेको छ ।...

क्यानाडाका प्रधानमन्त्री ट्रुडोद्वारा पदबाट राजीनामा

क्यानाडाका प्रधानमन्त्री जस्टिन ट्रुडोले लिबरल पार्टीको नेता तथा प्रधानमन्त्री पदबाट राजीनामा दिएका छन् । आफ्नो नेतृत्वप्रति बढ्दो असन्तुष्टिकाबीच प्रधानमन्त्री ट्रुडोले हिजो राजीनामा दिएका हुन् । उनले लिबरल पार्टीको नयाँ नेता चयन नभएसम्म प्रधानमन्त्री पदमा...

भुकम्पन अपडेट : चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि

काठमाडौं । चीन केन्द्रबिन्दु भएर ७ म्याग्निच्युडको भूकम्प गएको पुष्टि भएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रले मंगलबार बिहान चीन केन्द्रबिन्दु भएर शक्तिशाली भूकम्प गएको पुष्टि गरेको हो।

काठमाडौंमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं : काठमाडौँमा मंगलबार बिहान शक्तिशाली भूकम्प गएको छ । राजधानीसहितका जिल्लामा भूकम्पको धक्का महसुस भएको छ । भूकम्पको धक्का केही सेकेन्ड महसुस भएको थियो भने भूकम्प कति म्याग्निच्युडको हो भन्नेबारे खुलिसकेको छैन ।...

सरकारले सोध्यो कुलमान घिसिङलाई फेरी स्पष्टिकरण

काठमाडौं : सरकारले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई फेरि स्पष्टीकरण सोधेको छ । सोमबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले ९ बुँदे स्पष्टीकरण सोधेको हो । ट्रान्सफर्मर खरिदको विवरण उपलब्ध नगराएको, मन्त्रालयले मागेको...

खुम्बु क्षेत्रमा हेलिकप्टर उडानमा लगाएको प्रतिबन्ध तत्काल हटाउन प्रशासनको चेतावनी

काठमाडौं : जिल्ला प्रशासन कार्यालय सोलुखुम्बुले अनधिकृत व्यक्तिहरूले खुम्बु क्षेत्रका हेलिप्याडमा हेलिकप्टर अवतरणमा लगाएको प्रतिबन्ध तत्काल हटाउन चेतावनी दिएको छ । प्रमुख जिल्ला अधिकारी अनोजकुमार घिमिरेले निकालेका विज्ञप्तिमा अवैधानिक गतिविधि गर्नेलाई कडा कारबाही चेतावनी...