समाचार

दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने सहमति

काठमाडौँ । नेपाल मिडिया काउन्सिल विधेयकमा प्रस्ताव गरिएको दण्ड जरिवानासम्बन्धी प्रावधान हटाउने विषयमा सहमति भएको छ । विधेयकमाथि राष्ट्रियसभा, विधायन व्यवस्थापन समितिमा भइरहेको दफावार छलफलका क्रममा समितिमा प्रतिनिधित्व गर्ने सांसदबीच सहमति भएको हो ।...

उपसभामुखबाट राजीनामा : कसैले पनि आफ्ना जरा र धरातल भुल्न हुँदैन– डा तुम्वाहाङ्फे

काठमाडौँ । उपसभामुख डा शिवमाया तुम्वाहाङ्फेले आफ्नो पदबाट राजीनामा दिएको घोषणा गर्नुभएको छ । प्रतिनिधिसभाको आजको बैठकलाई सम्बोधन गर्दै उहाँले जननिर्वाचित संस्थालाई लामो समयसम्म अन्योलमा राख्न नहुने निष्कर्षका साथ आफूले मार्गप्रशस्त गरेको स्पष्ट गर्नुभयो...

जबर्जस्ती करणीको आरोपमा अहेवमाथि मुद्दा चलाइयो

नवलपुर । चालीस वर्षीय महिलालाई जबर्जस्ती करणी गरेको अभियोगमा बुलिङटार गाउँपालिका–४ अर्खला स्वास्थ्य चौकीमा कार्यरत अहेव टोकबहादुर सुस्लिङमाथि जिल्ला प्रहरी कार्यालय नवलपुरले मुद्दा चलाएको छ । प्राप्त उजुरीका आधारमा छैटौँ तहमा कार्यरत अहेव सुस्लिङमाथि...

बिहेवारी, बीस वर्षपारि नारामा सीमित

नेपालगञ्ज । युवकयुवती र अभिभावकको जनजिब्रोमा ‘बिहेवारी, बीस वर्षपारि’ भनाइ झुण्डिएको भए पनि व्यावहारिक परिपालनमा चुनौती देखिएको छ । बाँके जिल्लाका केही सचेत युवा र किशोरी बाल क्लबमार्फत जनेतनामूलक कार्यक्रममा लागिपरेका छन् । विशेष...

आवश्यकता पूरा हुने सहायता स्वीकारौँ : सहमहामन्त्री महत

कास्की । नेपाली काँग्रेसका सहमहामन्त्री एवं पूर्वमन्त्री डा प्रकाशशरण महतले देशको आवश्यकता र स्वार्थ पूरा हुने सहयोग र सहायता स्वीकार गर्नुपर्ने बताउनुभएको छ । नेपाल प्रेस युनियन कास्कीले आज यहाँ गरेको पत्रकार सम्मेलनमा उहाँले...

हिङ्कुकेभ वरिपरि अझै सात बेपत्ता खोजीमा कठिनाइ

कास्की । अन्नपूर्ण पदयात्राको क्रममा हिमपहिरोमा बेपत्ता भएका चार कोरियन र तीन नेपाली नागरिकलाई हालसम्म फेला पर्न सकिएको छैन । पदयात्रा क्षेत्रको हिमालयनबाट माथि देउरालीको बीच करिब तीन हजार २०० मिटर उचाइमा अवस्थित हिङ्कुकेभ...