समाचार

बबई नदीमा डुबेर युवकको मृत्यु

दाङ : दाङको बबई नदीमा डुबेर एक युवकको मृत्यु भएको छ । ज्यान जानेमा बबई गाउँपालिका वडा नम्बर ५ जौबारीका १७ वर्षका सिताराम देवकोटा रहेको इलाका प्रहरी कार्यालय हापुरेका प्रमुख भीमबहादुर सुनारले जानकारी दिए...

आजको मौसम पूर्वानुमान : देशभर सामान्य देखि पूर्ण बदली

काठमाडौं : हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर सामान्य देखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका थोरै स्थानहरूमा...

आजको राष्ट्रियसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल जारी रहने

काठमाडौं : राष्ट्रियसभा बैठक आज पनि बस्दैछ । सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा दिउँसो २ः३१ बजेका लागि बैठक बोलाइएको छ । आजको बैठकमा विनियोजन २०८० विधेयकमाथि मन्त्रालयगत छलफल हुनेछ । मन्त्रालयको विभिन्न शीर्षकमाथि संसद्हरूले...

राष्ट्रपतिको उपचार खर्च सरकारले ब्योहोर्ने

परराष्ट्र मन्त्रालयले राष्ट्रपति रामचन्द्र पौडेललाई उपचारका लागि दिल्ली लैजाँदा भएको एयर एम्बुलेन्स र फर्किँदाको नेपाल वायु सेवा निगमको भाडासहित ५५ लाख रूपैया भुक्तानीका लागि अर्थ मन्त्रालयलाई पत्राचार गरेको छ । राष्ट्रपति पौडेलाई २०८० वैशाख...

नेपाल आयरल्यान्डसँग २ विकेटले हार्‍यो

काठमाडौं : आईसीसी एकदिवसीय विश्वकप छनोटको प्लेअफअन्तर्गत सातौँ स्थानको खेलमा नेपाल टेस्ट राष्ट्रसँग आयरल्यान्डसँग २ विकेटले पराजित भएको छ । योसँगै नेपालले १० वटा टोली सहभागी प्रतियोगितामा आठौँ स्थानमा रहँदै विश्वकप छनोट यात्रा सकेको...

‘लम्पी स्किन’ नियन्त्रणका लागि कदम चाल्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं : सरकारले महामारीको रूपमा पशुचौपायामा फैलिएको लम्पी स्किन रोग नियन्त्रणका लागि सबै प्रकारका साधन स्रोत उपलब्ध गराइएको उल्लेख गरेको छ । रोग नियन्त्रणका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले चासो लिएका छन् । उनले कृषि...