समाचार

तराईमा हुस्सु, काठमाडौंको न्यूनतम तापक्रम ३ डिग्री सेल्सियस

काठमाडौं : आज तराईका थोरै ठाउँमा हुस्सु लागेको छ । आज दिउँसो पनि तराई केही क्षेत्रमा हुस्सु तथा कुहिरो कायमै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । देशभर पश्चिमी वायुको आंशिक प्रभाव...

देउवा महामन्त्रीद्वयसँग सम्वादका लागि तयार

काठमाडौं : कांग्रेसको जारी विशेष महाधिवेशन विधानअनुरूप नभएको निचोडमा पुगेका नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा विशेष महाधिवेशनमा सक्रिय महामन्त्रीहरू गगनकुमार थापा र विश्वप्रकाश शर्मासँग सम्वादका लागि तयार भएका छन्। विशेष महाधिवेशन पक्षधरहरूले गणपुरक संख्या...

तीन सन्तान जन्माउने परिवारलाई महिनाको चार हजार भत्ता !

स्याङ्जा : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता दिने भएको छ । गाउँपालिकाले चालु आर्थिक वर्षमा जनसङ्ख्याको घट्दो दरलाई रोक्नका लागि तीन सन्तान जन्माउने परिवारलाई आर्थिक सहायता गर्ने भएको हो ।...

अमेरिकामा केन्द्रिय बैंकका गभर्नर पावेल पक्राउ गर्ने ट्रमको तयारी !

संयुक्त राज्य अमेरिकामा केन्द्रिय बैंकका गभर्नर (फिडरेल रिजर्भका अध्यक्ष) जेरोम पावेल र राष्ट्रपति डोनाल्ड ट्रम्प बीचको विवाद उत्कर्षमा पुगेको छ । विवादकै क्रममा आफूलाई पक्राउ गर्ने तयारी गरिएको पावेलले दावी गरेका छन् । गत...

त्रिशूलीमा भेटिएको बसको उत्खनन गरिने

तनहुँ : तनहुँको आबुँखैरेनी गाउँपालिका–५, दुन्द्राङबेँसीस्थित त्रिशूली नदी किनारमा फेला परेको बसको उत्खनन गरिने भएको छ । नारायणगढ–मुग्लिन सडकखण्डमा पहिरोले बगाएर त्रिशूली नदीमा खसेको बसको अवशेष आइतबार भेटिएपछि उत्खनन सुरु गरिएको हो । नेपाल...

अमेरिकाले आक्रमण गरेमा कडा जवाफ दिने इरानको चेतावनी

अमेरिकाले आफूमाथि आक्रमण गरे कडा जवाफ दिने इरानले चेतावनी दिएको छ । बीबीसीका अनुसार इरानको अवस्था यतिबेला अत्यन्तै भयावह बनेको छ । अमेरिकी मानव अधिकार संस्था एचआरएनएका अनुसार अहिलेसम्म ४ सय ९५ जना प्रदर्शनकारी...