

-
म्यानमार : पाँच वर्षदेखि जारी गृहयुद्ध र प्रमुख विपक्षी दलहरूमाथिको प्रतिबन्धका बिच म्यानमारमा विवादास्पद संसदीय निर्वाचन सम्पन्न भएको छ।
तेस्रो तथा अन्तिम चरणको मतदान सकिएसँगै सत्तारुढ सैन्य जुन्ता समर्थित युनियन सोलिडारिटी एन्ड डेभलपमेन्ट पार्टी ९यूएसडीपी० ले भारी बहुमत ल्याउने निश्चित देखिएको छ। अन्तर्राष्ट्रिय समुदायले यस निर्वाचनलाई ‘देखावटी’ र ‘अवैध’ भन्दै आलोचना गरे पनि सैन्य शासनले भने यसलाई स्वतन्त्र र निष्पक्ष दाबी गरेको छ।
देशका ३३० मध्ये करिब एक–पाँचौँ हिस्सामा मात्र मतदान सम्भव भएको यो प्रक्रिया एक महिनासम्म चलेको थियो। डिसेम्बर २८ र जनवरी ११ मा भएका अघिल्ला दुई चरणमा पनि यूएसडीपीले नै वर्चस्व जमाएको थियो। रोचक कुरा के छ भने, सन् २०२० को अन्तिम स्वतन्त्र निर्वाचनमा यो दलले मात्र ६ प्रतिशत सिट जितेको थियो। नोबेल पुरस्कार विजेता आङ सान सुकीको नेशनल लिग फर डेमोक्रेसी ९एनएलडी० लगायतका लोकप्रिय दलहरूलाई प्रतिबन्ध लगाइएकाले यो निर्वाचनमा सैन्य टोलीको जित सुनिश्चित भएको हो।
निर्वाचनको दिन शान्तिपूर्ण देखिए पनि प्रचार अवधि डर, धम्की र त्रासपूर्ण रहेको स्थानीयले बताएका छन्। मानिसहरू सम्भावित सैन्य कारबाहीको डरले भोटबारे केही बोल्न समेत डराइरहेका छन्। नयाँ संविधान अनुसार अबको दुई महिनाभित्र संसद्ले नयाँ राष्ट्रपति चयन गर्नेछ, जसमा कू गर्ने नेता जनरल मीन आङ ह्लाइङ नै चुनिने सबैको अनुमान छ। यसले सैन्य शासनलाई नै ुनागरिक पोसाकु मा निरन्तरता दिने निश्चित छ।
सन् २०२१ मा जननिर्वाचित सरकारलाई अपदस्त गरी सत्ता कब्जा गरेपछि म्यानमार गहिरो सङ्कटमा फसेको छ। गृहयुद्धका कारण हजारौँको मृत्यु भइसकेको छ भने लाखौँ विस्थापित भएका छन्। चीन र रुसको समर्थनमा केही क्षेत्रमा सेनाले पकड जमाए पनि देशको ठुलो हिस्सा अझै विद्रोहीहरूको नियन्त्रणमा छ।
News Desk 0 response सोमवार, माघ १३, २०८२

सम्बन्धित शीर्षकहरु
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
इन्टरनेट र मोबाइल नेटवर्क समस्याले कोरला भन्सारको..
शुक्रबार, अशोज १६, २०८३ -
नेपाल एयरलाइन्सको विमान मर्मतमा आठ अर्ब लाग्ने
शुक्रबार, अशोज १६, २०८३ -
निर्वाचन प्रहरीको पोशाक खरिदबारे छानबिन गर्न संसदीय..
शुक्रबार, अशोज १६, २०८३ -
यस वर्षको नोबेल शान्ति पुरस्कारको दाबेदारमा ट्रम्प..
शुक्रबार, अशोज १६, २०८३ -
रास्वपा सरकारमा कर्मचारी नेतालाई विशेष सुविधाः उपत्यकाबाट..
शुक्रबार, अशोज १६, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



