समाचार

बालुवाटारमा गठबन्धन कार्यदलको बैठक, मन्त्रालय बाँडफाँटमा सहमति जुटाउने प्रयास

काठमाडौं : नयाँ सत्ता गठबन्धनले तयार गरेको चार सदस्यीय कार्यदलको बैठक प्रधानमन्त्री निवास बालुवाटारमा जारी छ । मंगलबारको बैठकमा गठबन्धन दलहरूले मन्त्रालय बाँडफाँट र मन्त्रालयको टुंगो लगाउन प्रयास गरिने प्रधानमन्त्रीका प्रेस संयोजक गोविन्द आचार्यले...

सरकारलाई दिएको समर्थन कांग्रेसले फिर्ता लियो

काठमाडौं : नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई दिएको समर्थन फिर्ता लिएको छ । मंगलबार दिउँसो पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो...

संसदमा दर्ता भएको सङ्घीय निजामती सेवा विधेयकमा के–के छ ?

काठमाडौं : सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० संसदमा दर्ता भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले विधेयक दर्ता गरेको हो । सङ्घीय निजामती...

त्रिकोणात्मक शृङ्खलामा आज नेपाल र नेदरल्यान्ड्स उपाधिका लागि भिड्दै

काठमाडौं : त्रिकोणात्मक टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलाको फाइनल खेलमा आज उपाधिको लागि नेपाल नेदरल्यान्ड्स खेल्दै छन् । फाइनल खेल कीर्तिपुरस्थित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहान ११ः३० बजे सुरु हुनेछ । लिग चरणमा सबै टोलीले चार–चार...

भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु

चितवन : चितवनको भरतपुरमा बसको ठक्करबाट बालकको मृत्यु भएको छ । नारायणगढबाट माडीतर्फ जाँदै गरेको ना४ख ५८१५ नम्बरको बसले नौ वर्षीय आरुष पौडेललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको हो । गएराति भरतपुर महानगरपालिका–७...

कस्तो रहला आजको मौसम ?

काठमाडौं : हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज...