

-
काठमाडौं : अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले समयसापेक्ष नरहेका र पुराना कानून खारेज गरी आर्थिक गतिविधिलाई सहज बनाउने गरी कानूनी सुधार गर्न आवश्यक रहेको बताएका छन् ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा अर्थसम्बन्धी केही नेपाल कानूनलाई संशोधन र खारेज गर्ने विधेयक २०८३ माथिको दफावार छलफलका उनले नयाँ कानून बनाउने तर पुराना कानून संशोधन तथा खारेज गर्न ढिलाइ गर्ने प्रवृत्तिले अर्थतन्त्रमा अनावश्यक नियामकीय बोझ थपिएको बताए।
विभिन्न अध्ययन तथा प्रतिवेदनले खारेज गर्न सुझाव दिएका १५ वटा ऐन हटाउने प्रक्रिया अघि बढाइएको अर्थमन्त्री वाग्लेले उल्लेख गरे ।
अर्थमन्त्री वाग्लेले एउटा कानूनले आर्थिक गतिविधि सहज बनाउने र अर्को कानूनले नियन्त्रण गर्ने अवस्था अन्त्य गर्नुपर्ने बताए । तत्कालीन समय र परिस्थितिअनुसार बनेका पुराना ऐनहरू आधुनिक प्रविधि तथा कृत्रिम बुद्धिमत्ता (एआई) को युगमा सान्दर्भिक छन् कि छैनन् भन्ने पुनरावलोकन गर्नुपर्ने उनले उल्लेख गरे ।
अर्थ मन्त्रालयसँग सम्बन्धित प्रादेशिक विकास योजना कार्यान्वयन ऐन २०१३, नेपाली मुद्राको चलनचल्ती बढाउने ऐन २०१४, आय टिकट दस्तुर ऐन २०१९, राजस्व चुहावट ऐन २०५२ र वित्तीय मध्यस्थताको काम गर्ने संस्था सम्बन्धी ऐन २०५५ लगायतका ऐन खारेज गर्ने प्रस्ताव गरिएको छ ।
त्यसैगरी आवश्यक व्यवस्था समेट्न मूल्य अभिवृद्धि कर ऐन २०५२, आयकर ऐन २०५८ र भन्सार ऐन २०६२ मा संशोधन गर्ने प्रस्ताव अघि सारिएको अर्थमन्त्री वाग्लेले जानकारी दिए ।
यसैबीच भन्सारबाट वैधानिक रूपमा आयात भएका सामान ढुवानीकै क्रममा अवैध वस्तुसँग मिसाउने सम्भावना रोक्न सरकारले भन्सार सूचना प्रणाली र गाडी अनुगमन प्रणाली (भीसीटीएस) लाई एकीकृत गर्ने प्रस्ताव अघि सारेको छ ।
अर्थ मन्त्रालयका सचिव डा. घनश्याम उपाध्यायले आजको छलफलका क्रममा भन्सार प्रज्ञापनपत्र स्वीकृत हुनेबित्तिकै त्यसको विवरण स्वतः भीसीटीएसमा प्रविष्ट हुने व्यवस्था गर्नुपर्ने बताएका हुन् । उनले भन्सारबाट वैधानिक रूपमा सामान लिएर निस्किएका गाडीले बाटोमा अवैध सामान थप्ने वा वैध सामानसँग मिसाएर ढुवानी गर्ने गरेको उदाहरण प्रस्तुत गरे ।
News Desk 0 response मङ्लबार, मंसिर ९, २०८३

सम्बन्धित शीर्षकहरु
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
घुस लिएको आरोपमा भन्सार अधिकृतसहित दुई जनाविरुद्ध..
सोमवार, मंसिर ८, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
जर्मनीमा फेरि २४ घण्टे हडताल घोषणा
आइतवार, मंसिर ७, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३
-
एकैपटक १५ वटा ऐन खारेज गर्ने सरकारको..
मङ्लबार, मंसिर ९, २०८३ -
२४ बुँदा समेट्दै नेपाल–भारत संयुक्त विज्ञप्ति जारी
सोमवार, मंसिर ८, २०८३ -
पूर्वमुख्यमन्त्री इन्द्र बानियाँविरुद्ध पक्राउ पुर्जी जारी
आइतवार, मंसिर ७, २०८३ -
प्रधानमन्त्री शाह नयाँ दिल्लीमा, राज्यमन्त्री जितिनद्वारा स्वागत
आइतवार, मंसिर ७, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३
-
एक्सट्रिम इनर्जी ड्रिङ्कले गरेको जनस्वास्थ्यमाथिको खेलबाडमा नियामक..
सोमवार, मंसिर १, २०८३ -
श्रीमतीको कुर्सीमा श्रीमान् !
शुक्रबार, मंसिर ५, २०८३ -
स्थानीय तह निर्वाचन गर्ने मिति मंसिर पहिलो..
सोमवार, मंसिर १, २०८३ -
छठ पर्व : अस्ताउँदो सूर्यलाई अर्घ्य दिइयो
आइतवार, कार्तिक ३०, २०८३ -
काठमाडौंबाट रारा जाँदै गरेको जीप मुगुमा दुर्घटना,..
आइतवार, कार्तिक ३०, २०८३


