

-
ब्रासिलिया । ब्राजिलमा कोरोना भाइरस (कोभिड १९) बाट संक्रमित हुनेको संख्या दिनप्रतिदिन बढ्दो रहेको देखिएको छ । साथै यहाँ पछिल्ला हप्ता हरुमा यस संक्रमणबाट ज्यान जाने व्यक्तिको संख्यामा पनि बृद्धि भइरहेको प्राप्त तथ्यांकहरुमा देखिएको छ ।
यहाँको स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्यांकअनुसार यहाँ यस संक्रमणबाट ज्यान जाने व्यक्तिहरुको संख्या कम्तीमा पनि ७२ हजार पुगेको बताइएको छ । ब्रालिजमा पछिल्लो २४ घन्टायतामात्र ६३१ जनाको ज्यान गएको ब्राजिलको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
ब्राजिलको स्वास्थ्य मन्त्रालयका अनुसार अहिलेसम्म ब्राजिलमा कोरोना भाइरसबाट संक्रमित हुनेको संख्या १८ लाख ६४ हजार जना पुगेको छ । पछिल्लो २४ घण्टा यता मात्र ब्राजिलमा २४ हजार ९३१ जना नयाँ संक्रमित फेला परेका हुन् ।
त्यस्तै ब्राजिलमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या पनि ७२ हजार १०० पुगेको छ । पछिल्लो २४ घण्टामा मात्र ब्राजिलमा कोरोना भाइरसका यतिधेरै संक्रमित थपिएका छन् । त्यस्तै गएको २४ घन्टामा ६३१ जनाको मृत्यु भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
गएको शनिबारमात्र यहाँ ३९ हजार जना नयाँ संक्रमित थपिएको जनाएको थियो । एकै दिनमा यहाँ यति धेरै संक्रमित थपिनुका साथै १ हजार ७१ जनाको ज्यान गएको थियो । त्यसैगरी शुक्रबार मात्र यहाँका करिब १ हजार २०० जनाको एकैदिनमा निधन भएको बताइएको छ । यहाँ पछिल्लो समयमा नयाँ संक्रमितका साथै मृत्यु हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ ।
ब्राजिलको सबैभन्दा ठूलो सहर साओ पाउलोले बार, रेस्टुरेन्ट, ब्युटीपार्लर, सैलुन खोल्ने तयारी गरिरहेको अवस्थामा ब्राजिलमा कोरोना भाइरसका संक्रमितको संख्या १८ लाख नाघेको हो । उता रियो दि जेनेरियोमा भने यसै हप्तामात्र बार र रेष्टुरेन्ट खुलिसकेका छन् । ब्राजिल अमेरिकापछि कोरोना भाइरसबाट सबैभन्दा धेरै प्रभावित हुने मुलुक हो । रासस/एएनआई
News Desk 0 response सोमवार, असार २९, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
सङ्घीय निजामती विधेयक संसद्मा दर्ता (पूर्णपाठसहित)
बिहिबार, अशोज १५, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३



