

-
काठमाडौँ । गत चैतमा नै शुरु गर्नुपर्ने राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत रुवेला दादुरा खोप अभियानमा छुटेकालाई आज लगाउने कार्यक्रम छ । राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत गएको चैत १९ गतेदेखि सञ्चालन गर्नुपर्ने भए पनि कोभिड–१९ को महामारी नियन्त्रण गर्न त्यस समयमा सरकारले गरेको बन्दाबन्दीका कारण यो कार्यक्रम हुन सकेको थिएन देशका अन्य सबै स्थानीय तहले बन्दाबन्दी अगाडिनै यो कार्यक्रम गरिसकेका थिए ।
३२ वडा रहेका कामपले खोप कार्यक्रमलाई तीन चरणमा विभाजन गरी कार्यक्रम गर्यो । विशेष समय भएकाले कारणबस छुटेका बालबालिकाको लागि कामपाले आजलाई यसम तय गरेको छ । कामपाले यही असार ११, १२ र १३ गते ३ दिन वडा ६, ७, ८, ९, १०, ३१ र ३२ गरी ७ वटा वडामा कार्यक्रम चलाइयो । यस्तै दोस्रो चरणमा महानगरका वडा १, २, ३, ४, ५, ११, १२, २६, २७, २८, २९ ३० र १३ गरी १३ वटा वडामा कार्यक्रम चलाइयो ।
तेस्रो चरणअन्तर्गत १४ देखि २५ सम्म १२ वटा वडामा खोप कार्यक्रम शुरु भएको छ । यी तीनवटै चरणमा पनि छुटेका बालबालिकाको लागि कमपाले आजको समय तय गरेको हो । छुकेका सबै बालबालिकालाई सम्बन्धित वडाको वडा क्लिनिकबाट खोप सेवा उपलब्ध गराइनेछ । महानगरभित्र एक लाख उनान्नब्बे बालबालिकालाई खोप दिइने लक्ष्य छ ।
रुबेला दादुराको खोप जन्मेको नो महिनादेखि माथि र पाँच वर्षमुनिका बालबालिकालाई दिइन्छ । सरकारले राष्ट्रिय खोप कार्यक्रमअन्तर्गत यो उमेर समूहका बालबालिकालाई नियमित खोप दिइरहेको छ तर, सबै बालबालिका नियमित खोप कार्यक्रममा नआएका कारण अभियानका रुपमा यो कार्यक्रम चलाउनुपरेको कामपाका खोप अधिकृत सूर्य खड्काले जानकारी दिए । सन् २०२३ सम्ममा नेपालबाट रुबेला दादुरा निवारण गर्ने राष्ट्रिय अन्तर्राष्ट्रिय लक्ष्यअनुसार अहिलेको अभियान चलाइएको हो ।
काठमाडौँ महानगरले २०७४ पुस २३ गते औपचारिक कार्यक्रम आयोजना गरेर आफूलाई पूर्ण खोप सुनिश्चित महानगर घोषणा गरिसकेको छ । कुनै स्थानीय तहलाई पूर्ण खोप घोषणा गर्न सम्बन्धित तहका १२ देखि २३ महिनासम्मका बालबालिकाको सर्वेक्षण गर्दा, उनीहरुले एक वर्षको उमेरभित्र राष्ट्रिय खोप तालिकाअनुसार खोप प्राप्त गरेको हुनुपर्छ ।
राष्ट्रिय खोप तालिकाअनुसार जन्मेदेखि एक वर्षभित्रका बालबालिकालाई बिसिजी खोप एक डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा पेन्टाभ्यालेन्ट (डिपिटी, हेपाटाइटिस बी, हिब) – ३ डोज, जन्मेको ४५ दिनदेखि एक महिनाको फरकमा ओरल पोलियो र नौ महिना पूरा भएपछि दादुरा रुबेलाको खोप एक डोज दिएको हुनुपर्छ ।
नेपालमा सन् २०१४ देखि पूर्ण खोप सुनिश्चितता कार्यक्रम शुरु गरिएको हो । सन् २०११ मा गरिएको नेपाल स्वास्थ्य तथा जनसङ्ख्या सर्वेक्षणले देशभरिमा १३ प्रतिशत बालबालिका पूर्ण खोपबाट वञ्चित र तीन प्रतिशत बालबालिकाले एउटै पनि खोप नपाएको देखाएको थियो भने यो सङ्ख्या २०१६ मा आइपुग्दा पूर्ण खोपबाट वञ्चित हुने बालबालिकाको सङ्ख्या बढेर २२ प्रतिशत र कुनै पनि खोप नपाउने बालबालिकाको सङ्ख्या घटेर एक प्रतिशतमा झरेको देखिएको थियो ।
News Desk 0 response शनिबार, असार २०, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३
-
भागेका शेरबहादुर जागे
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



