

-
मेक्सिको । मध्य अमेरिकी राष्ट्र मेक्सिकोको दक्षिणी क्षेत्रलाई केन्द्रविन्दु बनाएर मंगलबार ७.४ म्याग्नीच्यूडको भूकम्प गएको छ । प्रारम्भिक विवरण अनुसार भूकम्पका कारण छ जनाको मृत्यु भएको अधिकारीहरुले जनाएका छन् ।
स्थानीय अधिकारीहरुले भूकम्पबाट जोगिन सयौं मानिस घरबाहिर भाग्नुका साथै स्थानीय तेल प्रशोधन कारखाना पनि बन्द गर्नु परेको बताएका छन् ।
मेक्सिकोको राजधानी मेक्सिको सिटीभन्दा करिब ७०० किलोमिटर टाढाको ओक्जाका शहरका बासिन्दा भूकम्पको मुख्य झड्का र ससाना परकम्पबाट त्रसित बनेका छन् । मृत्यु भएका सबै व्यक्ति यही शहरका बासिन्दा हुन् । उनीहरुलाई भूकम्पका कारण भत्किएको घरले थिचेको थियो ।
कोरोनाभाइरसको महामारीका कारण शहर बजार बन्द गरेर घरभित्र बस्नु परेका नागरिकलाई भूकम्पले सडकमा ल्याएको स्थानीयबासीको भनाई छ ।
अमेरिकी भौगर्भिक सर्भेका अनुसार भूकम्पको केन्द्र जमिनको सतहभन्दा २३ किलोमिटरमुनि मात्र रहेको थियो ।मेक्सिकोका राष्ट्रपति आन्द्रेस म्यानुअल लोपेज ओब्राडोरले भूकम्प निकै शक्तिशाली भए पनि बन्दरगाह, बिमानस्थल, तेल प्रशोधन केन्द्रहरु र विद्युतगृह जस्ता रणनीतिक पूर्वाधारमा कुनै क्षति नभएको बताएका छन् ।
मेक्सिकन आयलले ओक्जाकास्थित सालिना क्रुज प्रशोधन केन्द्रलाई पूर्व सावधानीका लागि बन्द गरिएको जनाएको छ । भूकम्पका कारण एउटा प्लान्टमा आगो समेत देखिएको कम्पनीले जनाएको छ । यही प्रशोधन केन्द्रमा कार्यरत एक मजदूर माथिबाट लडेर मृत्यु भएको थियो ।
मेक्सिकन आयलले मुलुकका अन्य रिफाइनरी पूर्ववत रुपमा सञ्चालनमा रहेको जनाएको छ ।
भूकम्प गएको छ घण्टाको अवधिमा ४.६ म्याग्नीच्यूडसम्मका ४४७ वटा परकम्प गएका अधिकारीहरुले बताएका छन् ।
भूकम्पबाट भएको जनधनको अरु क्षतिको विवरण संकलन गर्ने तथा उद्धारका कार्यहरु भइरहेको मेक्सिकोको गृह मन्त्रालयले जनाएको छ । रासस/एएफपी
News Desk 0 response बुधबार, असार १०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



