

-
दमौली । गण्डकी प्रदेश सरकारले तनहुँको सदरमुकामस्थित दमौली अस्पताललाई एक करोड ४३ लाख ६४ हजार बजेट विनियोजन गरेको छ । प्रदेश सरकारले आर्थिक वर्ष २०७७/७८ का लागि अस्पताललाई उक्त बजेट विनियोजन गरेको हो ।
अस्पताल सुदृढीकरण, आँखा सेवा, डायलायसिस सेवा, एम्बुलेन्स खरिद, औषधि खरिदलगायतका शीर्षकमा प्रदेश सरकारले बजेट विनियोजन गरेको अस्पताल व्यवस्थापन समितिका अध्यक्ष प्रदीपराज अधिकारीले जानकारी दिए । उनका अनुसार विपद् पूर्वतयारीसम्बन्धी कार्यक्रमका लागि एक लाख ५० हजार, एनसीयु एनआइसीयु सेवा निरन्तरताका लागि १० लाख दुई हजार, डायलायसिस सेवा सञ्चालन तथा निरन्तरताका लागि १० लाख दुई हजार, नसर्ने रोग (क्यान्सर, मुटुरोग, मिर्गौला, दीर्घश्वासप्रश्वास रोग) तथा मानसिक स्वास्थ्य क्लिनिक कार्यक्रम सञ्चालन तथा निरन्तरताका लागि नौ लाख, अस्पताल सुदृढीकरण कार्यक्रम, बृहत् आकस्मिक प्रसूति तथा नवशिशु स्याहार सेवा सुदृढीकरणका लागि ३४ लाख ५० हजार बजेट विनियोजन भएको छ ।
आँखा सेवा कार्यक्रम सञ्चालनका लागि अल्थाल्मिक असिस्टेन्ट र नेत्र सहयोगी सेवा करारका लागि सात लाख ६० हजार, बिरामीका लागि खाद्यान्न एवं सुत्केरी भत्ताका लागि १० लाख, आधारभूत एवं अत्यावश्यक औषधि खरिदका लागि पाँच लाख, एम्बुलेन्स खरिदका लागि १२ लाख विनियोजन भएको छ ।
त्यस्तै १५ श्ययाको अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्नका लागि जग्गा प्राप्ति र विस्तृत आयोजना प्रतिवेदन तयार गर्नका लागि ३५ लाख बजेट विनियोजन भएको छ । जग्गा अभावकै कारण अस्पतालको स्तरोन्नति हुनसकेको छैन । हाल १५ श्ययामा सञ्चालित अस्पताललाई ५० श्ययाको अस्पतालमा स्तरोन्नति गर्न कम्तीमा ३५ देखि ८० रोपनी क्षेत्रफल जग्गा आवश्यक पर्ने देखिएको छ । अहिले दमौली अस्पताल १६ रोपनी क्षेत्रफलमा फैलिएको छ । तनहुँका साथै कास्कीको पूर्व र लमजुङको पश्चिम क्षेत्रका सर्वसाधारणलाई सेवा प्रवाह गर्दै आइरहेको अस्पताललाई थप सुविधासम्पन्न बनाउन स्तरोन्नति आवश्यक रहेको अधिकारीले जानकारी दिए ।
दैनिक १०० भन्दा बढी बिरामी अस्पतालमा स्वास्थ्य उपचारका लागि आउने गरेका छन् । हाल दमौली अस्पतालमा सरकारी दरबन्दीमा तीन चिकित्सक छन् । त्यसमध्ये एक मेडिकल सुपरिटेन्डेन्ट हुन् । साथै करारमा समेत गरी आठ चिकित्सकले सर्वसाधारणलाई सेवा प्रवाह गरिरहेका छन् । रासस
News Desk 0 response मङ्लबार, असार ९, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व..
आइतवार, साउन ३१, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३



