

-
वासिङ्टन । एटलान्टामा एक गोरा प्रहरीले एक अश्वेत व्यक्तिलाई गोली हानी हत्या गरेको भन्दै अमेरिकी शहरहरुमा पुनः हिंसा फैलिएको छ ।
मिनियापोलिसमा प्रहरी नियन्त्रणमा जर्ज फ्लोएड नामका अश्वेत व्यक्तिको हत्या भएपछि अमेरिकाभर जातीय विषयमा तात्तातो बहस चलिरहेका बेला एटलान्टामा अर्का अश्वेत व्यक्तिको हत्याले धेरैलाई क्रुद्ध बनाएको छ ।
एटलान्टाका २७ वर्षीय रेसार्ड ब्रुक्सको हत्या नै भएको स्वास्थ्य परीक्षणबाट खुलेपछि अमेरिकी शहरहरुका सडकमा प्रदर्शन हुनुका साथै स्थानीय प्रहरी प्रमुखले राजीनामा गर्नु परेको छ ।
क्रुद्ध प्रदर्शनकारीले ब्रुक्सको हत्या भएको स्थान नजिकको वेन्डी रेस्टुराँमा आगो लगाइदिएका छन् । ब्रुक्सले यही रेस्टुराँमा जाने बाटोमा कार तेस्र्याएर मानिसको आवतजावतमा अबरोध गरेको भन्दै प्रहरीले उनीमाथि गोली चलाएको थियो ।
एटलान्टाका मेयर केशा लान्स बटम्सले शनिबार पत्रकार सम्मेलन गरी प्रहरी प्रमुख एरिका शिल्ड्सले राजीनामा दिइसकेको घोषणा गर्नु भएको थियो ।
मेयर बटम्सले प्रहरीले शक्तिको दुरुपयोग गरेको भन्दै क्षमा माग्नु भएको थियो । ब्रुक्समाथि गोली चलाउने प्रहरी अधिकृत ग्यारेट रोल्फलाई सेवाबाट बर्खास्त गरिएको छ ।
फुल्टोन काउन्टीका न्यायाधीवक्ता पल होवार्डले दोषी प्रहरी अधिकृत रोल्फमाथि फौजदारी अभियोग लगाउने वा नलगाउने भन्ने बारेमा चाँडै निर्णय हुने जानकारी दिनुभयो ।
गत शुक्रबारको यो घटना हुँदा ब्रुक्स आफ्नो कारमा सुतिरहेका थिए । वेन्डी रेस्टुराँमा आवतजावत गर्ने मार्गमा अवरोध गरेको भन्दै उक्त रेस्टुराँले प्रहरीलाई खबर गरेको थियो ।
तत्काल उक्त स्थानमा पुगेको प्रहरी र कारभित्र सुतिरहेका ब्रुक्सबीच भनाभन हुनुका साथै हातपात भएको प्रत्यक्षदर्शीले बताएका छन् ।
भिडियो फुटेजमा दुई जना श्वेत प्रहरीले ब्रुक्सलाई नियन्त्रणमा लिन निकै प्रयास गरेको देखिएको छ । यहीबीच प्रहरीकै हतियार खोसेका ब्रुक्समाथि प्रहरीले आत्मरक्षाका लागि गोली चलाएको प्रारम्भिक अनुसन्धानमा देखिएको छ ।
तर प्रहरीबाट खोसिएको हतियार घातक नरहेको र त्यसबाट मानिसको मृत्यु नहुने अनुसन्धान अधिकारीहरुले बताएका छन् । प्रहरीसामु अन्य थुप्रै विकल्पहरु हुँदाहुँदै प्रहरीले गोली चलाएको आरोप प्रहरीमाथि लागेको छ । रासस/एएफपी
News Desk 0 response सोमवार, असार १, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



