

-
वासिङ्टन । अमेरिकी अस्पतालमा कोविड–१९ को उपचार खर्च ११ लाख अमेरिकी डलर पनि पर्यो होला भन्ने हामी जोसुकैले अनुमान लगाउन सक्दैनौं ।
तर संयुक्तराज्य अमेरिकामा एक ७० वर्षीय वृद्धले अस्पतालमा कोविड–१९ को उपचार गराएबापत ११ लाख डलरको बिलमा सही गर्नु परेको सियाटल टाइम्सले जनाएको छ ।
समाचार अनुसार गत मार्च ४ मा माइकल फ्लोर नामका वृद्धलाई कोविड–१९ को उपचारका लागि अस्पतालमा भर्ना गरिएको थियो । जीवनमरणको दोसाँधमा पुगेका फ्लोरलाई त्यस अस्पतालमा ६२ दिन राखिएको थियो ।
एक पटक उनको अवस्था अति नाजूक भएको थियो । अस्पतालका नर्सहरुले ती वृद्धकी पत्नी र छोराछोरीलाई फोन समेत गरेर अवस्था नाजूक भएको जानकारी गराएका थिए ।
तर भाग्यको खेल । उनी निको भए र गत मे ५ मा अस्पतालबाट डिस्चार्ज भए । अखबारका अनुसार डिस्चार्ज हुँदा उनलाई १८१ पृष्ठको बिल दिइयो, र यसको कूल बिल रकम ११ लाख २२ हजार ५०१ डलर ९करिब १३ करोड ७० लाख नेपाली रुपैयाँको थियो ।
बिलमा सघन उपचार कक्षका लागि प्रतिदिन ९ हजार ७३६ डलर, ४२ दिनसम्म स्टेराइल कक्षमा राखेबापत ४ लाख ९ हजार डलर, २९ दिनसम्म भेन्टिलेटरको प्रयोग गरेबापत ८२ हजार डलर, दुई दिनसम्म आपतकालीन सेवाबापत एक लाख डलर समावेश थियो ।
तर उपचार बापत फ्लोरले एक पैसा तिर्नु परेन । अमेरिकी सरकारले वयोवृद्धका लागि व्यवस्था गरेको बिमा सेवा मेडिकेयरले यो सबै भुक्तानी गरेको छ ।
मेडिकेयरले सबै रकम भुक्तानी गरे पनि फ्लोर भने यो बिमा सुविधाबाट खुशी छैनन् । सियाटल टाइम्ससँग कुरा गर्दै फ्लोरले आफ्नो उपचारमा देखाइएको खर्च वास्तविक नै हो भन्नेमा शंका व्यक्त गरेका छन् ।
उनले आफूजस्ता धेरै व्यक्तिका लागि सरकारले गरेको खर्च आम अमेरिकी करदाताको रकम भएकाले यसप्रति सबै चनाखो हुनुपर्नेमा जोड दिएका छन् । रासस/एएफपी
News Desk 0 response आइतवार, जेष्ठ ३२, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



