

-
कास्की । गण्डकी प्रदेशको नवलपरासी (बर्दघाट सुस्तापूर्व) जिल्लामा आज थप दुई जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले बिहान विज्ञप्ति जारी गरी देवचुली नगरपालिका स्थायी ठेगाना भई सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष २३ र ३२ का दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको जनाएको छ । यससँगै हालसम्म प्रदेशमा सङ्क्रमितको सङ्ख्या १९९ पुगेको छ ।
सङ्क्रमित दुवै जनालाई रजहरस्थित सामुदायिक प्राकृतिक चिकित्सालयको आइसोलेसन कक्षमा उपचारका लागि लैजाने तयारी भइरहेको निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए । स्याङ्जामा ६०, नवलपरासी बर्दघाट सुस्तापूर्वमा ४५, बागलुङमा ४०, पर्वतमा २६, गोरखामा १५, कास्कीमा पाँच, तनहुँमा चार, म्याग्दीमा तीन र लमजुङमा एक जना सङ्क्रमित छन् ।
प्रदेशमा अहिलेसम्म १६ कोरोना सङ्क्रमित अस्पतालमा उपचारपछि निको भएर घर फर्किएका छन् । शनिबार नवलपरासीस्थित मध्यविन्दु अस्पतालको आइसोलेसन कक्षमा उपचाररत कावासोती नगरपालिका–१२ का २६ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशनालयले जनाएको छ ।
त्यसैगरी बागलुङको धवलागिरि अस्पतालमा उपचाररत तमानखोला गाउँपालिका–३ का २१ वर्षका दुई पुरुष निको भई अस्पतालबाट डिस्चार्ज गरिएको निर्देशक शर्माले जानकारी दिए । काठमाडौँस्थित हेम्स अस्पतालमा उपचार गरिरहेका पोखरा महानगरपालिका–८ का ६० वर्षका एक पुरुष र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा कोरोनाको सङ्क्रमण पुष्टि भई उपचार गराइरहेका गोरखा जिल्ला आरुघाट गाउँपालिका–२ का २५ वर्षका एक पुरुष निको भई अस्पतालबाट डिस्चार्ज भएको निर्देशनालयले जनाएको छ ।
स्याङ्जाका एक सङ्क्रमितको भने पोखरामा उपचारको क्रममा गत हप्ता मृत्यु भएको थियो । प्रदेशमा आठ हजार १५० को पिसीआर विधिबाट कोरोना परीक्षणका लागि स्वाब लिइएकामा पाँच हजार ४३१ को नतिजा नेगेटिभ आएको छ । स्वाब लिइएकामध्ये दुई हजार ५२२ को नतिजा आउन बाँकी रहेको बताइएको छ । रासस
News Desk 0 response आइतवार, जेष्ठ ३२, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



