

-
काबुल । अफगानिस्तानमा हिंसा जारी राखेको तालिबान विद्रोही समूह र अमेरिकाबीच वार्ताको तयारी सुरु भएको बताइएको छ । चार महिना अघि भएको सम्झौतापछि १८ वर्षभन्दा लामो समयदेखि अफगानिस्तानमा जारी रहेको द्वन्द्वको अन्त्य हुने अपेक्षा पनि गरिएको उक्त समाचारमा जनाइएको छ । सो तयारीसँगै युद्धको अन्त्य गरेर अफगानिस्तान शान्तितर्फ उन्मुख हुने आशा गरिएका समाचारहरु आइरहेका छन् ।
अमेरिकाको व्यापक विरोध गर्दै आएको तालिबान संगठनले चार महिनाअघि कतारको राजधानी दोहामा अफगानिस्तानमा शान्तिका लागि अमेरिकासँग वार्ता गर्नेसम्बन्धी सम्झौता गरेको थियो ।
सो सम्झौता बमोजिम वार्ता गर्न अफगानिस्तानले पनि स्वीकार गरेको छ । अब तालिबानहरुले अफगान सरकार र अमेरिकासँग पनि संयुक्त रुपमा वार्ता गर्ने भएका हुन् । सोही बमोजिम आगामी केही समयमा दोहामा शान्ति वार्ताको तयारी भएको हो ।
अफगान राष्ट्रपति असरफ घानी पनि कतारको राजधानी दोहामा हुने भनिएको तालिबानसँगको शान्ति वार्ताका लागि तयार भएको समाचार आएको छ । उक्त वार्ताको सर्तका रुपमा अफगानिस्तानको सरकारले ठूलो संख्याका तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको पनि जनाइएको छ । तालिबानहरुले अफगान र अमेरिकी सरकारसँग वार्ता गर्नका लागि आफ्ना बन्दीहरुलाई मुक्त गर्नुपर्ने सर्त राखेका थिए ।
तालिबान संगठनको यो पहिलो सर्तका लागि सरकार पनि तयार भएको छ । सोही शर्तका आधारमा अफगानिस्तानको सरकारले आफ्नो जेलमा रहेका ती तालिबान लडाकूहरुलाई जेलमुक्त गर्ने भएको छ ।
अफगानिस्तानका राष्ट्रपति घानी सो वार्ताका लागि तयार रहेको जानकारी विशेषदूत मतलक अल क्वातानीले शुक्रबार जानकारी दिएसँगै अव उक्त शान्ति वार्ताको तयारी सुरु भएको बुझिएको छ । अमेरिकाले अफगानिस्तानबाट हजारौँ सैनिक फिर्ता गर्न सहमति जनाउँदै तालिबानसँग शान्ति वार्ताका लागि सम्झौता गरेको थियो ।
त्यसै सम्झौताबमोजिम नै अमेरिका र नेटोका साझेदारहरूले पनि १४ महिनाभित्र आफ्ना सबै फौज अफगानिस्तानबाट फिर्ता गर्ने बताएका छन् ।त्यसबमोजिम अमेरिकाले सैनिक फिर्ता गर्ने प्रक्रिया पनि थालिसकेको छ । गत फेब्रुअरीमा कतारको राजधानी दोहामा अफगानिस्तान सरकार, अमेरिका र तालिबानबीच सो सम्झौता भएको हो । सोही अनुसार नै तालिबानहरु शान्ति वार्तामा आउने भएका हुन् । रासस/एएनआई
News Desk 0 response शनिबार, जेष्ठ ३१, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



