

-
होस्टन । अमेरिकामा हत्या गरिएका अश्वेत नागरिक जर्ज फ्लोएडको मंगलबार अन्त्येष्टि गरिएको छ । उनका इष्टमित्र, छिमेकी र समर्थकहरुले अन्त्येष्टि समारोहमा उनलाई “महान फ्लोएड” भन्दै स्मरण गरेका थिए ।
एक जना स्वेत प्रहरीले अश्वेत फ्लोएडलाई घाँटी थिचेर हत्या गरेको देखाउने भिडियो सार्वजनिक भएकाले उनको हत्या भएको दाबी गरिएको छ । होस्टन चर्चमा भएको अन्त्येष्टि समारोहमा झण्डै पाँच सय जना शुवेच्छुक तथा इष्टमित्रहरु सहभागी भएका थिए । उनीहरु सवैले कोरोनाभाइरसको संक्रमणबाट जोगिनका लागि मुखमा मास्क लगाएका थिए ।
हत्या भएको झण्डै दुई हप्तापछि उनको अन्त्येष्टि भएको हो । उनको हत्या भएको र अमेरिकामा अश्वेत नागरिकहरुलाई यस्तै अन्याय पटक पटक हुने गरेको भन्दै आन्दोलन भएको थियो । उनीहरुले यस्ता घटना फेरी फेरी दोहोरिन नदिन र फ्लोएडलाई न्याय दिन माग गरेका थिए ।
फ्लोएडको हत्याको विरुद्धमा प्रदर्शनमा उत्रिएकाहरुले अहिलेको आन्दोलनले विश्वव्यापी रुप लिएको र आगामी दिनमा यस्ता घटना हुन नदिन सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् । अन्त्येष्टिमा सहभागीहरुको भनाई थियो, उनको हत्याका विरुद्धमा भएको आन्दोलनले यस्ता घटना न्युनिकरणका लागि सहयोग गर्ने विश्वास गर्न सकिन्छ ।
उनीहरुले ४६ वर्षीय फ्लोएड हत्या काण्ड र त्यसपछिको आन्दोलनले विश्वलाई नै परिवर्तन गर्ने र प्रेरणाको श्रोत हुने पनि बताएका छन् । उनको मिनियापोलिस स्थित प्रहरी कार्यालयमा हिरासतमा रहेको बेला निधन भएको थियो । उनको हत्या सम्वन्धी भिडियोमा उनलाई आठ मिनेट ४६ सेकेण्डसम्म घाटी थिचिएको देखाइएको छ ।
घाटी थिचिरहदाँ आफुलाई श्वास फेर्न गाह्रो भएको भन्दै छट्पटाई रहेको भिडियोले आन्दोलनकारीलाई थप आन्दोलित बनाएको उनका समर्थकहरुको भनाई छ । अमेरिका बाहेक अन्य धेरै देशमा उनको हत्याका विरुद्धमा आन्दोलन भएको थियो भने अमेरिकामा मात्रै दर्जनभन्दा बढी मानिसको यही आन्दोलनका क्रममा मृत्यु भएको छ ।
आन्दोलन चर्किएकाले अमेरिकाका ४० भन्दा बढी सहरमा कफ्र्यु लगाउनु परेको थियो । प्रदर्शनकारीले कफ्र्यु समेत तोडेर प्रदर्शन गरेका थिए । प्रहरी र प्रदर्शनकारीका बीचमा भएको झडपका क्रममा दर्जनौ घाइते भएका थिए भने सयौँ गिरफ्तार भएका थिए । रासस/एपी
News Desk 0 response बुधबार, जेष्ठ २८, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



