

-
काठमाडौँ । बिहीबार एकै दिन नेपालमा थप ३ सय ३४ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाका अनुसार पछिल्लो २४ घण्टामा देशका बिभिन्न भागमा ३ सय ३४ संक्रमित थपिएका हुन् ।

मन्त्रालयको नियमित कोरोना अपडेटमा प्रवक्ता देवकोटाले दिएको जानकारी अनुसार संक्रमित हुनेमा दैलेखका ११३, बाँकेका ४२, कपिलवस्तुका २९, मोरङका २, पर्साका १, झापाका ५, ताप्लेजुङका १, सप्तरीका १३, बाराका ७, सिन्धुलीका १, म्याग्दीका १, बागलुङका १०, पर्वतका ४, स्याङ्जाका १, डोटीका ३, दाङका १५, मुगुका १, खोटाङका ३, बाराका ५, धनुषाका ६, महोत्तरीका ३, रौटहटका ६४ र सर्लाहीका ३ जनामा संक्रमण देखिएको हो । थपिनेमा ३ सय १९ पुरुष र १५ महिला छन् ।
यससँगै अहिलेसम्म देशभरि संक्रमितको कुल संख्या २ हजार ६ सय ३४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। तीमध्ये २९० जना निको भइसकेका छन् । त्यसैगरी पाल्पाका एक ४५ वर्षीय पुरुषको कोरोना संक्रमणका कारण मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । उनी भारतबाट पाँच दिन अगाडि नेपाल आएर क्वारेन्टाइनमा बसेको बताइएको छ । नेपालमा अब कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १० पुगेको छ ।
मन्त्रालयका अनुसार हालसम्म देशभर पीसीआरबाट ८४ हजार १ सय ३४ र आरडीटी विधिबाट एक लाख २५ हजार ५ सय ६४ को नमुना परीक्षण गरिएको छ । पछिल्लो २४ घण्टामा पीसीआरबाट ३ हजार ८ सय ६७ र आरडीटी विधिबाट ५ हजार १ सय ८५ जनाको नमुना परीक्षण गरिएको बताइएको छ ।
प्रवक्ता देवकोटाका अनुसार अहिले देशभरि १ लाख ६१ हजार २ सय ६२ मानिस क्वारेन्टिनमा छन् ।
News Desk 0 response बिहिबार, जेष्ठ २२, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



