

-
कास्की । गण्डकी प्रदेशका बागलुङ, स्याङ्जा, पर्वत र म्याग्दीमा थप १६ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य निर्देशनालय पोखराले बिहिवार बिहान थप सङ्क्रमण पुष्टि भएको जनाएको हो । यससँगै प्रदेशमा सङ्क्रमित कूल ५४ पुगेका छन् ।
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा नयाँ पुष्टि भएकामा बागलुङको निसीखोला गाउँपालिका ठेगाना भइ सोही पालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २२ र २९ का दुई पुरुष र वर्ष ३३ की एक महिला, बडीगाड गाउँपालिका घर भइ क्वारेन्टिनमा रहेका वर्ष १६, २०, २१ र २५ का चार पुरुष र गलकोट नगरपालिकाको क्वारेन्टिनमा बसेका वर्ष २०, २२ र २३ का तीन पुरुष गरी बाग्लुङमा १० जनामा सङ्क्रमणको पुष्टि भएको सो निर्देशनालयका निर्देशक डा विनोदविन्दु शर्माले जानकारी दिए ।
त्यसैगरी स्याङ्जाको कालीगण्डकी गाउँपालिका घर भइ सोही पालिकाको क्वारेन्टिनमा रहेका वर्ष १८ का एक पुरुषमा कोभिड–१९ पुष्टि भएको छ । पर्वत फलेवास ठेगना भइ कुश्मा नगरपालिकास्थित क्वारेन्टिनमा रहेका वर्ष २१ का दुई पुरुष र बिहादी गाउँपालिका घर भइ कुश्मा नगरपालिकाको क्वारेन्टिनमा रहेका वर्ष २४ र २८ का दुई पुरुषमा गरी चार जना,म्याग्दीको मङ्गला गाउँपालिकाको क्वारेन्टिनमा रहेका १९ का एक पुरुषमा समेत सो सङ्क्रमणको पुष्टि भएको निर्देशनालयले जनाएको छ । नयाँ पुष्टि भएका सबैलाई अहिले सम्बन्धित जिल्ला अस्पतालको आइसोलेसनमा लैजाने तयारी भइरहेको बताइन्छ । गण्डकी प्रदेशमा कोभिड–१९ सङ्क्रमितको सङ्ख्या ५४ पुगेको छ ।
हालसम्म बागलुङमा १८, स्याङ्जामा १३, नवलपरासीमा १०, पर्वतमा नौ, म्याग्दीमा दुई तथा तनहुँ र लमजुङमा एक–एक सङ्क्रमित छन् । कोभिड–१९ पुष्टि भएका बिरामीमध्ये हालसम्म तीन उपचार गराएर निको भएपछि घर फर्किएका र बाँकीको विभिन्न अस्पतालमा उपचार भइरहेको निर्देशनालयले जनाएको छ ।
प्रदेशमा हालसम्म तीन हजार ९६३ जनाको पिसीआर परीक्षणका लागि नमूना सङ्कलन गरिएकामा तीन हजार ३६७ मा सङ्क्रमण देखिएको छैन । परीक्षणका लागि नमूना लिइएकामध्ये ५४१ जनाको नतिजा आउन बाँकी रहेको जनाइएको छ । रासस
News Desk 0 response बिहिबार, जेष्ठ २२, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



