

-
मुम्बई । भारतमा निसर्ग नामको आँधीबाट पुने जिल्लामा दुई जनाको ज्यान गएको छ । अरु तीन जना घाइते भएका बताइएको छ । आँधीको खतरा देखिएको भन्दै यहाँका कैयौँ गाउँ खाली गराइएको थियो । बुधबार राति आँधी आउने भविष्यवाणी गरिएलगत्तै ती गाउँहरु खाली गराएका त्यहाँका नागरिकलाई अन्यत्रै सारिएको थियो ।
भारतको मुम्बई र सो आसपासका क्षेत्रमा निसर्ग नामको आँधी आउने अनुमान गरिएको हो । हिजो राति आएको सो आँधीमा परी पुने जिल्लामा दुई जनाको ज्यान गएको र अरु तीन जना घाइते भएका समाचारमा जनाइएको छ ।
पुनेमा करिब एक सय घरमा क्षति पुगेको छ । कतिपय घर भत्किएका छन् भने केहीमा आंशिक क्षति पुगेको बताइएको छ । महाराष्ट्रको तटीय क्षेत्रमा आाधी आउने भन्दै बुधबार नै उद्धार कार्य गरिएको बताइएको थियो । भारतको मौसम विभागले एक सय २० किलोमिटर प्रतिघण्टाको गतिमा आँधी आउने अनुमान गरेको थियो ।
बुधबार रातिदेखि नै आँधी सम्भावित प्रभावित क्षेत्रमा सडक तथा रेल यातायात बन्द गरिएको थियो । बढी प्रभाव पार्ने अनुमान गरिएका गुजरातका ४७ वटा गाउँ पनि खाली गराएर त्यहाँका हजारौँ मानिसलाई अन्यत्रै सारिएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
हिजोको सो सतर्कताका कारण ठूलो क्षति हुन नपाएको पनि अधिकारीहरुले जनाएका छन् । मृत्यु भएका दुई जनामा एकलाई उडिरहेको जस्ता पाताले लागेर र अर्का एकजनाको घर भत्किएर ज्यान गएको बताइएको छ ।
प्राय महाराष्ट्रका धेरै क्षेत्रमा क्षतिको अनुमान गरिएकोमा आँधी कमजोर आएको आज बताइएको छ । सतर्कता अपनाउनुका साथै आँधी कमजोर रहेकोले धेरै क्षति नभएको मौसमविद्हरुले बताएका छन् । रासस/एएनआई
News Desk 0 response बिहिबार, जेष्ठ २२, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



