

-
वासिङ्टन डिसी । अमेरिकी विदेशमन्त्री माइकल पोम्पेओले विभिन्न देशका विदेशमन्त्रीहरुसँग कोभिड १९ तथा अन्य विषयहरुका बारेमा छलफल गरेका छन् । उजले बुधबार भारत, अष्ट्रेलिया, ब्रालिज, इजरायल र दक्षिण कोरियाका विदेशमन्त्रीहरुसँग फोनवार्ता गरेको बताइएको छ ।
हालै अमेरिका तथा विश्वका ती देशहरु पनि कोभिड १९ महामारीको समस्याबाट गुज्रिरहेको भन्दै यसबाट निकासका साथै आपसमा के कसरी सहयोग गरेर अघि बढ्ने भन्ने बारेमा सो छलफलका क्रममा कुराकानी भएको बताइएको छ ।
अमेरिकी विदेश मन्त्रालयले बुधबार प्रकाशन गरेको विज्ञप्तिमा विदेशमन्त्री पोम्पेओले कोभिड १९ महामारीबाट बच्नका लागि ती देशहरुले के कसरी समन्वय गरेर अघि बढिरहेका छन् भन्ने बारेमा जानकारी लिएका थिए ।
साथै त्यस कुराकानीका क्रममा ती देशहरुलाई यो महामारीबाट बच्नका लागि अमेरिकाले पनि आवश्यक सहयोग गर्ने आश्वासन पनि उनले दिएको सो विज्ञप्तिमा जानकारी दिइएको छ । त्यस छलफलका क्रममा ती विदेशमन्त्रीहरुले आगामी दिनमा पनि महामारीको रोकथाम र नियन्त्रणका लागि सहयोग र समन्वयका साथ अघि बढ्दा के कस्तो फाइदा हुन्छ भन्ने बारेमा पनि जानकारी गराएका थिए ।
त्यस छलफलका क्रममा अमेरिका चीन सम्बन्ध तथा अरु क्षेत्रीय विषयहरुका साथै आगामी दिनमा कोभिड महामारीबाट मुक्ति के कसरी हुने र त्यसपछिको विश्वको आर्थिका विकासको अवस्थालाई के कसरी अघि बढाउने भन्ने विषयका पनि विदेशमन्त्री पोम्पेओले विदेश मन्त्रीहरुसँग आवश्यक मात्रामा कुराकानी गरेको बताइएको छ । एएनआई
News Desk 0 response बिहिबार, जेष्ठ २२, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



