

-
रोम । इटालीले युरोपेली मुलुकका पर्यटकका लागि बुधबारदेखि आगमन खुला गर्ने भएको छ । कोरोनाभाइरस महामारीका कारण लकडाउन गरेको इटालीले तीन महिना पहिले युरोप सहित विश्वका अन्य मुलुकका नागरिकलाई आगमन निषेध गरेको थियो ।
गर्मी मौसम शुरु भएसँगै इटालीको मुख्य व्यवसाय पर्यटन उद्योगलाई पुनर्जीवित तुल्याउने आशाका साथ इटालीले उक्त कदम चालेको हो ।
पर्यटकहरुले भेनिस समेत महत्वपूर्ण पर्यटकीय क्षेत्रमा भ्रमण गर्न सक्नेछन् ।
तर ठूलो संख्यामा मानिसको कोरोनाभाइरसका कारण मृत्यु भएको इटाली भ्रमण गर्न पर्यटकलाई त्यति सहज भने हुने छैन । युरोपकै अन्य देश पनि महामारीको चपेटामा परेकाले निर्वाध र निःसंकोच इटाली घुम्न पर्यटकलाई मानसिक तनाब हुने अनुमान गरिएको छ ।
युरोपमै कोरोनाभाइरसका कारण हटस्पटका रुपमा रहेको इटालीमा शुरुआती दिनहरुमा ठूलो संख्यामा मानिसको मृत्यु हुनुका साथै कोरोना संक्रमितको संख्या ठूलो थियो । हालसम्म इटालीमा ३३ हजारभन्दा बढीको कोरोनाकै कारण मृत्यु भइसकेको छ ।
कोरोनाभाइरस फैलन नदिने उपायस्वरुप इटालीले मार्च महिनाको शुरुआतदेखि नै लकडाउन जारी गरेको थियो । लकडाउन कडा पारिए पछि मात्र यहाँ कोरोना संक्रमितको संख्यामा कमी आउन थालेको थियो ।
दोस्रो विश्यवयुद्ध पति पहिलोपटक अर्थतन्त्रमा मन्दीको अनुभव गरेको इटालीको अर्थतन्त्रमा सुधार ल्याउन पर्यटन क्षेत्रको महत्वपूर्ण भूमिका हुनेछ, र यो जतिसक्दो चाँडो खुला गरिनु आवश्यक छ ।
तर अझै पनि इटालीमा दैनिक दर्जनौं व्यक्ति कोरोना संक्रमित भेटिएका छन्, खासगरी उत्तरी लोम्बार्डी क्षेत्रमा कोरोना संक्रमित देखिएका छन् । विज्ञहरुले इटालीले यात्रामा खुकुलो पार्न हतार गरिरहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय उडानहरु इटालीका मुख्यतः तीनवटा शहरहरु मिलान, रोम र नेपल्समा हुनेछ । तर कार, रेल र पानी जहाजबाट इटाली आउने मानिसहरु जहाँ पनि जान सक्नेछन् ।
स्वीट्जरल्यान्डले आफ्ना नागरिकलाई इटालीको भ्रमण गरेर फर्किए आवश्यक स्वास्थ्य सकर्तता अपनाउन चेतावनी दिएको छ । स्वीट्जरल्यान्डले यही जुन १५ मा इटाली बाहेक जर्मनी, फ्रान्स र अस्ट्रियासँगको सीमा खोल्दैछ ।
अस्ट्रियाले पनि मध्य जुनदेखि इटाली बाहेकका जर्मनी, स्वीट्जरल्यान्ड, चेक गणतन्त्र, स्लोभाकिया र हंगेरीसँगको सीमा खोल्दैछ ।
इटालीमा लकडाउनले आर्थिक क्षेत्रमा सर्वाधिक प्रभाव पारेको अध्ययनहरुले देखाएका छन् । पर्यटन क्षेत्रको योगदान इटालीको अर्थतन्त्रमा १३ प्रतिशतको कूल गार्हस्थ्य उत्पादन (जिडिपी) रहेको छ ।
लकडाउनका कारण इटालीका ऐतिहासिक क्षेत्रहरु, रेस्टुराँ, होटल तथा अरु पर्यटकीय गतिविधिका क्षेत्रहरु बन्द गरिएका थिए । एएफपी
News Desk 0 response बुधबार, जेष्ठ २१, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



