

-
वासिङ्टन । संयुक्तराज्य अमेरिकामा सोमबार एकै दिन कोरोनाभाइरसको संक्रमणबाट ७४३ जनाको मृत्यु भएको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार अमेरिकामा मात्र एक लाख ६ हजारको कोरोना संक्रमणबाट ज्यान गएको छ । भाइरस फैलिन थालेयता अमेरिकामा १८ लाखभन्दा बढी व्यक्ति संक्रमित भइसकेका छन् ।
विश्वमै कोरोना संक्रमित र मृत्यु हुनेको संख्या अमेरिकामा सबैभन्दा बढी छ ।
अमेरिकामा विभिन्न राज्यले कोरोनाभाइरसको प्रसार रोक्न सावधानीपूर्वक यसअघि घरभित्रै बस्न दिइएको आदेशलाई खुकुलो बनाउन थालेका छन् ।
तर अमेरिकाको राजधानी वासिङ्टन डिसी समेतका धेरैजसो प्रमुख शहरहरुमा एक अश्वेत नागरिकको मृत्युलाई लिएर भड्किएको हिंसाका कारण निषेधाज्ञा लगाइएको छ । मानिसहरु ती निषेधाज्ञालाई बेवास्ता गर्दै सडकमा खुलेआम निस्केपछि कोरोनाको संक्रमण बढ्ने खतरा बढेको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । एएफपी
News Desk 0 response मङ्लबार, जेष्ठ २०, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



