

-
मार्तडी । भारतबाट लुकेर सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा नेपाली आउने क्रम रोकिएको छैन । प्रदेशको दुर्गम जिल्लाका रूपमा रहेको बाजुरामा कोरना भाइरसका लागि चाहिने आवश्यक उपकरण नहुँदा स्वास्थ्यकर्मी नै जोखिममा काम गर्दै आएका छन् । जिल्लाका स्थानीय तहले सञ्चालन गरेका स्वास्थ्य सहायताकक्ष हँुदै भारत र जिल्ला बाहिरका शहरबाट आएर क्वारेन्टिनमा बसेकाको जाँच गर्नका लागि चाहिने व्यक्तिगत स्वास्थ्य सामग्री (पिपिइ) नहुँदा स्वास्थ्यकर्मीले ज्यान जोखिममा पार्दै सेवा दिँदै आएका छन् ।
जिल्लामा सञ्चालन भएका स्वास्थ्य सहायताकक्षमा समेत ज्वरोमापनबाहेक अन्य कुनै उपकरण नभएकाले उनीहरुले टाढैबाट स्थानीयवासी, भारत र अन्य ठाउँबाट आएकाको ज्वरो जाँच गर्ने गरेका छन् । जिल्लाको बूढीगङ्गा नगरपालिकाले ५२ स्वास्थ्यकर्मी र नगरपालिकाका कर्मचारीको स्वास्थ्य बीमा गरेको छ । नगरपालिकाले शुक्रबारबाट नगरका स्वास्थ्यचौकी, सामुदायिक स्वास्थ्य केन्द्र, नगरका स्वास्थ्य शाखाका कर्मचारीमा जोखिम घटाउनका लागि कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख दीपकविक्रम शाहले बताए ।
स्वास्थ क्षेत्रका कर्मचारीको हौसला र सुरक्षाका लागि नगरपालिकाले एक लाख बराबरको निःशुल्क कोरना स्वास्थ्य बीमा गरेको नगरप्रमुख शाहको भनाइ छ । उनले भने, “कोरना भाइरसको कार्यमा खटिएका स्वास्थ्यकर्मीमा भाइरस सङ्क्रमण देखिएमा बीमा रकम दिने गरी प्रत्येक स्वास्थ्यकर्मीको एक लाखको बीमा गरेका छौ ।”
कोरोना बीमा गरेका कर्मचारीलाई बीमा गरेको १५ दिनपछि देखि एक वर्षको अवधिमा कोरोना पोजेटिभ देखिए लगत्तै एक लाख बराबरको उपचार तथा स्याहार खर्च उपलब्ध गराइने नगरपालिकाका प्रमुख प्रशाकीय अधिकृत प्रेमबाजी महर्जनले जानकारी दिए । नगरपालिकाले युनाइटेड इन्स्योरेन्स कम्पनी लिमिटेडमा बीमा गरेको छ ।
महामारीका रूपमा रहेको कोरना भाइरसका कारण स्थानीयवासीलाई लकडाउनमा भोकभोकै बस्न नदिन नगरपालिकाले दुई करोडको राहत कोष स्थापना गरेको नगर उपप्रमुख तारा खातीले बताए । प्रत्येक वडाका वडाध्यक्षलाई अतिविपन्न, एकल दलित, मुक्तहलिया तथा खलियाको तथ्याङ्क सङ्कलन गरी राहत वितरणसमेत गरिसकेको छ । नगरपालिकाले प्रतिपरिवार ३० केजी चामल, नुन, दाल, खानेतेल र तरकारीसमेत राहत दिएको छ । बूढीगङ्गा जिल्लाको पहिलो स्वास्थ्यकर्मीको बीमा गर्ने नगरपालिका बनेको छ । रासस
News Desk 0 response शनिबार, जेष्ठ १७, २०७७

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
आयल निगमले आईतवार खाना पकाउने ग्याँस बेच्ने..
शनिबार, साउन ३०, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३



