

-
काबुल । अफगान राष्ट्रपति अस्रफ घानीले दुई हजार तालिबान लडाकूलाई जेलमुक्त गर्न आइतबार आदेश दिएका छन् ।
राष्ट्रपति कार्यालयका सरकारका प्रवक्ता सदिक सद्दिकीले तालिबान र सरकारबीच भएको सम्झौता बमोजिम तालिबानी लडाकूहरुलाई मुक्त गरिएको जानकारी दिएका हुन् ।
हाल तालिबानी विद्रोही समूह र सरकार दुबैले इद–उल फित्रका अवसरमा तीन दिने युद्धबिराम घोषणा गरेका छन् । राष्ट्रपति घानीले तालिबानद्वारा गरिएको युद्धबिरामको स्वागत गर्दै तालिबान समूहले पनि कब्जामा राखिएका सरकारी सैनिक मुक्त गर्ने विश्वास व्यक्त गरेका छन् ।
प्रवक्ता सद्दिकीलेले ट्वीट गर्दै अफगान सरकारले शान्ति प्रक्रियाको सफलता सुनिश्चित गर्न थाँती रहेका कार्यहरु जतिसक्दो चाँडो सम्पन्न गर्न तालिबान पक्ष लचिलो हुने सरकारले विश्वास लिएको बताएका छन् ।
यसै वर्षको फेब्रअरी २९ मा संयुक्तराज्य अमेरिका र तालिबान समूहबीच कतारको राजधानी दोहामा एउटा सम्झौतामा हस्ताक्षर भएको थियो जसमा अफगानिस्तानका कारागारमा रहेका पाँच हजार तालिबान लडाकू मुक्त गर्ने एउटा प्रमुख शर्त थियो ।
साथै उक्त सम्झौतामा १४ महिनाभित्र अफगानिस्तानमा तैनाथ अमेरिकी समेत सम्पूर्ण विदेशी फौज हटाइने, अन्तर–अफगान शान्ति वार्ता गरिने उल्लेख छ । रासस/एएनआई
News Desk 0 response सोमवार, जेष्ठ १२, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



