

-
इस्लामावाद । अफगानिस्तानमा तालिवान समूह र सरकारी पक्षले तीन दिने युद्धविरामको घोषणा गरेका छन् ।
मुस्लीम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड मानिने रमजानको अवसरमा युद्धविरामको घोषणा गरिएको दुवै पक्षले जनाएका छन् ।
आइतबारदेखि लागु हुनेगरी शनिबार राती अबेर दुवै पक्षले युद्धविराम घोषणा गरेको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन् ।
मुस्लिम धर्मावलम्बीहरुको महत्वपूर्ण चाड रमजानको समापनको समय आएकाले मुस्लिम बाहुल्यता रहेको अफगानिस्तानमा दुवै पक्षले युद्धविराम घोषणा गरेका हुन् ।
तालिबान विद्रोहीको तर्फबाट युद्धविराम घोषणा गर्दै जारी गरिएको सूचनामा यस अवधिमा कुनै हिंसात्मक घटना आफ्नो तर्फबाट नहुने दावी गरिएको छ ।
अफगानिस्तानमा विभिन्न विद्रोही समूह र सरकारी पक्षका विचमा लामो समयदेखि द्वन्द्व चल्दै आएको छ । द्वन्द्वका कारण हजारांैको मृत्यु भइसकेको छ भने त्यो भन्दा धेरै विस्थापित भएका छन् ।
अफगानिस्तानका दुवै पक्षले युद्धविराम घोषणा गरेकोप्रति संयुक्त राष्ट्रसंघले खुशी व्यक्त गर्दै स्वागत गरेको छ ।
राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेर्रेसले यसअघि भएको शान्ति सम्झौतालाई पूर्ण रुपमा पालना गर्न आह्वान पनि गर्नुभएको छ ।
अहिले घोषित युद्धविरामलाई निरन्तरता दिँदै शान्ति प्रक्रियाबाट अगाडी बढ्नु पर्नेमा उहाँले जोड दिनुभएको छ । एपी
News Desk 0 response आइतवार, जेष्ठ ११, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



