

-
विश्वब्यापी क़हर कोरोनाको आक्रमणमा परेपछि आफ्ना दुखाई, भोगाई र सिकाई निरन्तर बाँडिरहेको छु। मेरो भोगाई अरुका लागि सुरक्षा र आत्मबल निर्माणमा सहयोगी पुग्ने विश्वाश लिएको छु। तपाईँले पनि उपयोगी लागे शेयर गरिदिनु होला।
एक जना कोरोना भाइरस संक्रमितले औसतमा तीन जनालाई संक्रमण सार्न सक्छ भने त्यो ३ बाट ज्यामितीय दरमा यो संक्रमण सर्छ। तर सामाजिक संजालमा हल्ला चले जत्तिकै भयानक पनि यो छैन।
सावधानीपूर्वक रहने हो भने तपाईँको जिल्ला,गाउँ, छिमेक त के कुरा एउटै घरमा कोरोना संक्रमित भए पनि अर्कोलाई सर्दैन। तपाईँको खानपान र सचेतना राम्रो भयो र विशेष ख़्याल गर्ने हो भने यसले आक्रमण गरिहाले पनि तपाईँलाई केही गर्दैन। त्यसैले यसबाट आतंकित हुनु पर्दैन।
एउटै एपार्टमेन्टमा बस्ने मेरो साथी पवनलाई कोरोना पोजिटिभ देखिएपछि पनि धेरै दिनसम्म म सुरक्षित भएको थिएँ। विशेष गरी बाथरुम र किचेन एउटै भएकोले म उच्च जोखिममा थिएँ। तर म उनलाई मैले गर्न सक्ने मानवीय सेवाबाट भाग्न चाहिन।
त्यसबेला न्युयोर्कमा मास्क सेनिटाईजर र पन्जा पनि थिएन। सयौँ पटक हात धोएर मात्र म बचेको थिएँ। पवनको लागि खाना बनाउने, तातो पानी तताईदिने, उनले खाएका जुठो भाँडाहरु माझ्ने तथा उनको कोठा सफा गर्ने सबै काम मैले नै गरेको थिएँ। सम्भवतः उनलाई संक्रमण भएको केही दिनमा मलाई पनि संक्रमण भएको हुनुपर्छ।
म बस्ने एपार्टमेन्ट बिल्डिंगमा १२२ वटा यूनिट छन्, ती मध्ये म सगैँ बस्ने दिवंगत मेरो साथी र म बाहेक अरुलाई कोरोना पोजिटिभ भएको छैन। पोजिटिभ भएपछि म घरभित्रै थिएँ, त्यसैले अरुलाई सर्ने प्रश्नै उठ्दैन।
यो डायरी लेख्ने बेलासम्म नेपालमा पूरै देशभरि २८१ जना संक्रमित हुनु र नेपालमा एक जना पनि नमर्नुले यसलाई भयावह रुपमा लिनुपर्दैन। विशेष गरी बाहिरबाट आएका ब्यक्तिहरुले यो संक्रमण भित्र्याएको देखिएकोले कसैको घरमा जाने या कसैलाई आउन दिने काम गर्नु हुदैन।
तपाईँलाई कोरोना संक्रमण भएको छ तर तलका सावधानीहरु अपनाउने हो भने कोरोना अरुलाई सर्दैन
१, सबैले मास्कको सही तरीकाले प्रयोग गर्ने।
२, घरका सदस्यहरुले बाथरुम ट्वाईलेट प्रयोग गर्नु अघि र पछि प्रत्येक पटक मास्क र पन्जा लगाएर सफा गर्ने र सबैले बाथरुम प्रयोग गरेपछि संक्रमितले अन्त्यमा प्रयोग गर्ने।
३, सकेसम्म छुट्टै ट्वाईलेट प्रयोग गर्ने तर सम्भव नभएमा प्रयोग गरेपछि त्यसलाई राम्रोसंग सबैतिर सेनिटाईज गर्ने र कम्तीमा ३० मिनेट अरुले प्रयोग नगर्ने।
४, संक्रमितले प्रयोग गरेका लुगा,भाँडाकुँडा,टुथपेष्ट,साबुन,काईयो,टावेल तथा म्याटहरु नछुने।
५, संक्रमित ब्यक्तिले कुनै पनि बस्तु नछुने, सबै सदस्यले जुनसुकै बस्तु छोएपछि तुरुन्तै साबुन पानीले हात धुने।बेला बेलामा हातमा स्यानिटाजर लगाउने।
६, संक्रमित ब्यक्तिको नजिक नजाने,संक्रमितले प्रयोग गरेका भाँडा उसैलाई सफा गर्न लगाउने, नसक्ने भएमा पेपर प्लेट वा प्लास्टिक कप प्रयोग गर्ने।
७, संक्रमित ब्यक्तिले तातो पानीको वाफ लिदा छुट्टै कोठाको प्रयोग गर्ने, समूहमा वाफ लिदा वाफकै कारणबाट पनि सर्न सक्ने अध्ययनले बताएको छ।
८, फ्रीजबाट निकाल्नासाथ चिसो पानी,चिसो जुस आदि नपिउने। सुन्तला,स्याउ लगायतका फलफूल खानुपर्दा पनि घाममा राखेर अलि तातो भएपछि खाने।
९, समय समयमा ज्वरो नाप्ने, ज्वरो आएमा प्यारासिटामोल खाने।
१०, सुख्खा खोकी लागेमा बिभिन्न कफ सिरपहरु लिन सकिन्छ।
११, चालीस बर्ष नाघेकामा सुगर,प्रेशर तथा मुटुको रोग आदिको समस्या हुन सक्छ,त्यसैले खाना तथा ब्यायाममा ध्यान दिने।
१२, भिटामिन सी ट्याबलेट, भिटामिन डी, भिटामिन बी१२, फिस ओयल तथा जिक ट्याबलेट नियमित खाईरहने।
१३, संक्रमितलाई किचेन प्रयोग गर्न नदिने,उसलाई चाहिने खाना तथा पानी अरुले उपलब्ध गराउने।
१४, श्वाशप्रश्वाश अभ्यास जस्तै अनुलोम विलोम नियमित गर्ने,अन्य योग अभ्यासहरु सकेसम्म गरिरहने।
१५, ज्वरो आएको छ भने खाना मिठो हुदैन। तर के कुरा याद राखौँ भने तपाईँले खाना नखाएसम्म तपाई रोगबिरुद्ध लड्न सकिदैन।त्यसैले जसरी हुन्छ खाना खाने।
१६, संक्रमित ब्यक्ति सकेसम्म घरका अरु सदस्य ओहोर दोहोर गर्ने ठाउँ भन्दा टाढा बस्ने।
१७, संक्रमण भएको पक्का भएपनि तपाईमा लक्षण देखिएन भन्दैमा हेलचेक्र्याई नगर्ने।मलाई सामान्य खोकी लाग्दा पनि छातीमा न्युमोनिया संक्रमण देखिएको थियो।
१८, संभव भएसम्म केही बेर घाममा बस्ने।
१९, चिया कफीको सट्टा तेल कम हालेर बनाएको ज्वानो,अदुवा,बेसार र सिधे नुन या वीरे नुनको चिया पिउने।
२०, संक्रमितको खकारलाई तथा बचेको खानालाई संक्रमित आफैले सावधानीपूर्वक बिस्थापन गर्ने।
२१,आत्मबल सबैभन्दा ठूलो उपचार हो, यो रोग लाग्दैमा केही हुँदैन भन्ने कुराको उदाहरण म आफै हो। मेरो साथीको मृत्यु भएकै कोठामा म ढुक्कका साथ बसिरहेको छु। साथीको मृत्यु भईसकेपछि उनले गरेका हेलचेक्र्याई मैले भूलेर पनि दोहोर्याएको छैन।
२२, समय कटाउन राम्रा किताबहरु पढ्ने,साथी भाइसंग फोनमा कुरा गर्ने, आफ्नो अनुभव लेख्ने,चलचित्रहरु हेर्ने आदि गर्ने।सामाजिक संजालमा देखिने आतंक फैलाउने सामग्री नहेर्ने,नपढ्ने।
२३, शास फेर्न गाह्रो हुने,आँखा दुख्ने, सुन्ने शक्ति अत्यन्त कम हुने,लगातार लहरे खोकी लागिरहने,गिजाबाट रगत आईरहने,अत्याधिक ज्वरो आउने,कहिले जाडो कहिले गर्मी हुने र खलखली पसिना आउने बाहेक तपाईँलाई सामान्य लक्षणमा अस्पत्ताल जानुपर्दैन।माथिका उपायहरु अपनाएर नै मैले कोरोनाबिरुद्धको लड़ाई जितेको हूँ। यो सन्देश सक्दो शेयर गरेर अरुलाई भरपर्दो उपायबारे जानकारी गराउनु सत्कर्म हो। यो मेरो ब्यक्तिगत अनुभव र बिभिन्न विशेषज्ञ डाक्टरहरुको परामर्श पश्चात तयार पारिएको सामग्री हो।
News Desk 0 response मङ्लबार, जेष्ठ ६, २०७७
(अमेरिका निवासी सरगम भट्टराईले भोगेको आधारमा तयार गरेको टिप्स साभार गरिएको हो )

सम्बन्धित शीर्षकहरु
चौतर्फी आलोचनापछि सरकारले शिक्षा र स्वास्थ्यमा लगाएको ३ प्रतिशत कर फिर्ता लियो
मङ्लबार, साउन ५, २०८३-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
सर्वोच्चको फैसला लेखन सुस्त गतिमा
शुक्रबार, साउन २९, २०८३ -
अबदेखि प्रधानमन्त्री कार्यालयमा नियमित प्रेस ब्रिफिङ हुने
शुक्रबार, साउन २९, २०८३ -
कर्मचारीको विदेश भ्रमणमा कडाइ, प्रधानमन्त्री कार्यालयको पूर्वस्वीकृति..
शुक्रबार, साउन २९, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३
-
जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ पक्राउ
बुधबार, साउन २७, २०८३ -
कर्मचारीको नयाँ तलबमान स्वीकृत (सूचीसहित)
बिहिबार, साउन २१, २०८३ -
‘मिनी संसद’मा सुरक्षा प्रमुखले सरकारकै बारे औँला..
बिहिबार, साउन २८, २०८३ -
सुनसरी र सिरहा घटनामा ज्यान गुमाएका ४..
मङ्लबार, साउन २६, २०८३ -
राष्ट्रिय उद्योग र संस्थानहरू पुनः जीवन्त बन्दै..
शनिबार, साउन २३, २०८३



