• नयाँ दिल्ली । गत २४ घण्टामा भारतमा थप ३ हजार ९६७ जना कोरोना भाइरस संक्रमित भएपछि भाइरसको संक्रमितको संख्या शुक्रबारसम्म ८१ हजार ९७० जना पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ ।

    भारतमा बिहीबार एकै दिनमा १०० को मृत्यु भएको र यसपछि प्रकोपबाट मृत्यु हुनेहरुको सख्या २ हजार ६४९ जना पुगेको छ । यस संक्रमणबाट निको भएका बिरामीको संख्या २७ हजार ९१९ जना रहेको पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा शुक्रबार बिहानसम्मको तथ्याङ्कअनुसार हाल यो रोगका ५१ हजार ४०१ जना संक्रमितहरु अस्पतालमा उपचार गराइरहेका छन्।

    कोभिड–१९ बाट सबैभन्दा बढी महाराष्ट्रका नागरिक संक्रमित भएका छन् । यहाँमात्र २७ हजार ५२४ नागरिक कोरोना भाइरस संक्रमित रहेका छन् । महाराष्ट्रमा ६ हजार ५९ व्यक्ति निको भएर फर्किएका छन् । महाराष्ट्रमा कोरोना भाइरसको संक्रमणबाछ १ हजार १९ जनाको मृत्यु भएको छ ।

    महाराष्ट्रपछि तमिलनाडू दोस्रो स्थानमा रहेको छ । त्यहाँ ९ हजार ६७४ जनामा कोरोना भाइरसको संक्रमण रहेका छन् भने २ हजार २४० जना भने निको भएका छन् । तमिलनाडूमा ६६ जना कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको छ ।

    गुजरातमा ९ हजार ५९१ संक्रमति रहेका छन् भएका भने ३ हजार ७५३ निको भएका छन् । गुजरातमा कोरोना भाइरसको संक्रमणबाट ५८६ जनाको मृत्यु भएको छ । दिल्लीमा कोरोना भाइरसको संक्रमणको संख्या ८ हजार ४७० पुगेको छ । दिल्लीमा ३ हजार ४५ कोराना भाइरसको संक्रमित भएका छन् । दिल्लीमा ३ हजार ४५ जना कोरोना निको भएको छ । दिल्लीमा यस संक्रमणबाट ११५ जनाको मृत्यु भएको छ । एएनआई