

-
कास्की । कोभिड–१९ को जोखिमका कारण जारी लकडाउनमा समेत शनिबार पोखरामा खुला रक्तदान कार्यक्रम आयोजना गरिएको छ । गार्डेन क्लब पोखरा–११ को आयोजना तथा वडा कार्यालय र फूलबारी क्लबको समन्वयमा आयोजना भएको खुला रक्तदानबाट १२० युनिट रगत सङ्कलन भएको गार्डेन क्लबका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।
गण्डकी प्रदेशको राजधानी शहर पोखरामा दैनिक ७० युनिट रगत माग हुने भएकाले जारी बन्दाबन्दीका कारणले नियमित रक्तदानका कार्यक्रम स्थगन हुँदा विभिन्न सङ्घसंस्थाले आकस्मिक कार्यक्रम गरेपछि हालसम्म रगत अभाव हुन पाएको छैन ।
वडाध्यक्ष मोहनप्रसाद बाँस्तोलाले हालको विषम परिस्थितिलाई मध्यनजर गरी रगत अभावमा कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भनेर वडा कार्यालयले रक्तदान कार्यक्रमका लागि सहयोग र समन्वय गरेको बताए । पोखरामा लकडाउन शुरु भएको पहिलो हप्तामा रगतको अभाव भए पनि त्यसपछिका दिनमा निरन्तर आपूर्ति भइरहेको रक्तसञ्चार केन्द्र पोखराले जनाएको छ ।
केन्द्रका प्रमुख अर्जुन ज्ञवालीले रगतको अभाव नरहेको बताउँदै आवश्यकतानुसार रक्तदानका कार्यक्रम गर्ने गरी आगामी जेठ १५ गतेसम्मको तालिका तयार भएको जानकारी दिए । रगत अभाव भएको जानकारीलगत्तै पोखराबाट देशका अन्य भागमा समेत रगत पठाउने गरिएको छ । बन्दाबन्दीका समयमा काठमाडौँमा अभाव भएको जानकारी आएपछि गत हप्ता यहाँबाट १३० युनिट रगत पठाइएको रक्त सञ्चार केन्द्रले जनाएको छ ।
News Desk 0 response आइतवार, बैशाख २८, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
सुनिल पौडेलसहित १८ जनालाई भ्रष्टाचार मुद्दामा सफाइ
बिहिबार, असार २५, २०८३



