

-
गाईघाट । उदयपुर जिल्लाको त्रियुगा नगरपालिका–३ भुल्केमा बुधबार थप ३३५ जनाको स्वाब सङ्कलन गरेर परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला विराटनगर र बिपी कोइराला मेमोरियल अस्पताल धरान पठाएको छ ।
भुल्केका कोरोना सङ्क्रमणस्थल ५५ घर मुस्लिम समुदायका सबै परिवारसहित अन्य केही स्थानीयवासीको पनि स्वाब सङ्कलन गरेर परीक्षणका लागि धरान र विराटनगर पठाइएको स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले बताए ।
भुल्केमा पहिलो चरणको स्वाब परीक्षणमा १२ भारतीय नागरिकसहित १६ जना स्थानीय मुस्लिम परिवार गरेर २८ जनामा कोरोना सङ्क्रमण देखिएपछि पछिल्लो अवस्थाबारे अध्ययन गर्न पटक पटक कोरोनासम्बन्धी स्वाब सङ्कलन र परीक्षण गरिँदै आएको छ । पहिलो चरणको स्वाब सङ्कलन र परीक्षणमा २८ जनामा कोरोना देखिए पनि त्यसपछि पटक पटक गरेर तीनपटक परीक्षण गरिएको र पछिल्लो चरणका परीक्षणको रिपोर्ट नेगेटिभ आएको स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
भुल्केमा कोरोना सङ्क्रमित २८ जना सबैको कोरोना अस्पताल विराटनगरमा उपचार भइरहेको छ । तीमध्ये ६ जना भारतीय मुस्लिम नागरिकको स्वास्थ्य अवस्थामा सुधार भएपछि बुधबार डिस्चार्ज गरिएको पनि स्वास्थ्य कार्यालय उदयपुरले जनाएको छ ।
News Desk 0 response बिहिबार, बैशाख २५, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



