• बझाङ । कोरोना भइरसको परीक्षण गर्ने किट तथा स्वास्थ्य सामग्रीको अभाव भएको छ । बाहिरी जिल्ला तथा भारतबाट आएका ६७५ जना अझै पनि क्वारेन्टाइनमा रहेकाले उनीहरुको र्‍यापिड टेष्ट गर्न किट अभाव भएको जनाएको छ ।

    जिल्ला स्वास्थ्य कार्यालय प्रमुख भानु जोशीले प्राप्त एक हजार १०० किटमध्ये हाल ६० मात्र र्‍यापिड टेष्ट किटहरु मौज्दात रहेको बताए । हालसम्म जिल्लामा ८७५ जनाको ¥यापिड टेष्ट र ७१ को स्वाब परीक्षण गरिएकामा सबैको नेगेटिभ आएको छ ।

    जोशीले पर्याप्त मात्रामा पिपिइ, थर्मलगन तथा किट अभावले परीक्षणमा समस्या भएको बताए । गएको साता मात्र भारतको झुलाघाट तथा धार्चुला नाकाबाट बझाड भित्रिएका ६१३ जनाको पनि स्वास्थ्य परीक्षण गर्न बाँकी छ ।