

-
मोन्टेभिडियो । दक्षिण अमेरिका र क्यारेबियन मुलुकहरुमा कोरोनाभाइरसबाट बुधबार बिहानसम्ममा १५ हजारभन्दा बढीको मृत्यु भएको छ ।
आधिकारिक विवरणहरुमा यस क्षेत्रमा २ लाख ८२ हजारभन्दा बढी व्यक्ति कोरोना संक्रमित भएका छन् ।
दक्षिण अमेरिकामा सबैभन्दा बढी व्यक्ति ब्राजिलमा ७ हजार ९२१ जनाको ज्यान गएको छ भने १ लाख १४ हजार ७१५ जना संक्रमित भएका छन् । यस्तै, मेक्सिकोमा २ हजार २७१ जना तथा इक्वेडरमा १ हजार ५६९ जनाको ज्यान गएको छ ।
विज्ञहरुका अनुसार आउँदा दिनहरुमा दक्षिण अमेरिकामा महामारी अरु बढ्नेछ ।
इक्वेडर, कोलम्बिया र डोमिनिकन रिपब्लिक लगायतका धेरै देशहरूले भाइरस फैलिनबाट रोक्न आफ्नो लकडाउनका उपायहरू अबलम्बन गरिरहेका छन् ।
प्यान–अमेरिकन हेल्थ अर्गनाइजेसन ९पीएएचओ० ले प्रतिबन्धहरु खुकुलो बनाउनेक्रममा यस क्षेत्रका सरकारहरु बढी नै सजग हुनुपर्ने बताएको छ । अर्गनाइजेसनले खासगरी ब्राजिल, इक्वेडर, पेरू, चिली र मेक्सिकोमा भाइरस सर्न सक्ने खतरा “धेरै उच्च” रहेको चेतावनी दिएको छ ।
ब्राजिल यस क्षेत्रको पहिलो देश हो जहाँ कोरोनाभाइरस पहिलो पटक फेब्रुअरी २६ मा देखिएको थियो । कोरोना महामारीबाट सर्वाधिक प्रभाव परेको इटालीको लोम्बार्डी भ्रमण गरेका एक ६१ वर्षीय व्यक्तिमा कोरोना भेटिएको थियो ।
अन्तर्राष्ट्रिय मुद्रा कोषले कोरोनाभाइस संकटकै कारण दक्षिण अमेरिकाको कुल गार्हस्थ्य उत्पादनमा ५।२ प्रतिशतले संकुचन हुने जनाएको छ ।
कोरोनाभाइरसका कारण विश्वभर २ लाख ५८ हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ भने ३७ लाखभन्दा बढी संक्रमित छन् । एएफपी
News Desk 0 response बुधबार, बैशाख २४, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
प्राकृतिक सौन्दर्य र मौलिक आतिथ्यको नयाँ पर्याय..
बुधबार, अशोज १४, २०८३ -
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



