

-
भक्तपुर । विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणबाट रोक्न सरकारले लागू गरेको लकडाउनका कारण बन्द भएको नियमित खोप सेवा भक्तपुरका चारवटै नगरपालिका भित्रका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट शुरु भएको छ । बालबालिका जन्मेदेखि १५ महिनासम्म लगाइने खोप सेवा लकडाउनले गत चैत ११ गतेदेखि बन्द भए पनि जिल्लाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा पुनः सञ्चालन भएको हो ।
चाँगुनारायण नगरपालिकाका प्रशासकीय प्रमुख चिरञ्जीवी तिम्सेनाले आफ्नो नगरपालिकाभित्र रहेका सबै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा खोप सेवा नियमितरूपमा शुरु गरेको जानकारी दिए । उनले खोप लगाउँदा भीडभाड नगरी सुरक्षाका सबै उपाय अवलम्बन गरेर निश्चित दूरी कायम गरेर सेवा सञ्चालन गर्न लगाएको जानकारी दिँदै आगामी असार महिनासम्मलाई पुग्ने सबै प्रकारका औषधिसमेत पठाइसकेको बताए ।
यता सूर्यविनायक नगरपालिकाका प्रशासकीय प्रमुख कमल ज्ञवालीले नगरपालिकाभित्र रहेका सबै स्वास्थ्य तथा उपस्वास्थ्य चौकीबाट सबै सुरक्षा अपनाएर खोप सेवा सञ्चालन गरिएको जानकारी दिए । उनले भने, “नगरभित्र रहेका १० वटै वडाका स्वास्थ्य तथा उपस्वास्थ्य चौकीमा ज्वरो नाप्न थर्मलगन, सबै स्वास्थ्यकर्मी तथा कर्मचारीका लागि पिपिइ, मास्क, पञ्जा, असारसम्म पुग्ने औषधि पर्याप्त मात्रामा पठाएका छौँ, खोप सेवा मात्रै होइन स्वास्थ्य चौकीले दिने कुनै पनि सेवा रोकिएको छैन, सबै सञ्चालन गरेका छौँ ।”
सूर्यविनायक नगरपालिका अस्पताल र स्वास्थ्य तथा उपस्वास्थ्य चौकीले नियमितरूपमा दिने खोप, स्वास्थ्य परीक्षणलगायतका अन्य सेवा दिए÷नदिएको नियमित अनुगमन पनि गरिरहेको जानकारी दिँदै उनले सङ्कटको बेलामा सेवा नदिएको गुनासो आएमा तत्काल कारवाही गरिने बताए ।
जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख कृष्णबहादुर मिजारले भक्तपुर अस्पताल र जिल्लाको चारवटै नगरपालिकाभित्रका अस्पताल एवं स्वास्थ्य संस्थाबाट नियमित खोप सेवा शुरु भएको जानकारी दिए । उनले केही वडामा रोकिएको दादुरा–रुवेलाको खोप पनि शुरु गर्ने तयारी भइरहेको बताउँदै जिल्लामा वार्षिक ३५ हजार बालबालिकाले खोप सेवा लिने गरेको जानकारी दिए ।
लामो समयसम्म नियमितरूपमा लगाइने खोप कार्यक्रम रोक्दा भविष्यमा अर्को स्वास्थ्य महामारी आउनसक्ने भन्दै स्वास्थ्य मन्त्रालयले देशभरिका स्थानीय तहमा खोपसेवा सञ्चालन गर्न आग्रह गरेको थियो । मन्त्रालयले खोप सञ्चालनको समयमा कम्तीमा तीनदेखि छ फिट दूरी कायम गर्ने, समयतालिका निर्धारण गरी टोलवासीलाई जानकारी दिने, समय–समयमा साबुनपानीले हात धुने, खोप सेवा लिन आउनेलाई पनि दूरी कायम गर्न लगाउनेजस्ता नियम बनाएको छ । जन्मेदेखि १५ महिनासम्म सरकारले १२ प्रकारको खोप निःशुल्क उपलब्ध गराइरहेको छ । वार्षिकरूपमा देशभरका छ लाख २० हजार बालबालिकाले खोप सेवा लिने गरेको मन्त्रालयको तथ्याङ्क छ ।
News Desk 0 response आइतवार, बैशाख २१, २०७७

सम्बन्धित शीर्षकहरु
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
चुलाचुलीका इन्जिनियर ६ लाख घुससहित पक्राउ
बुधबार, असार ३१, २०८३ -
स्वास्थ्य बिमा बोर्डको कार्यकारी निर्देशकका लागि दरखास्त..
बुधबार, असार ३१, २०८३ -
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



