

-
नयाँ दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र दक्षिण अफ्रिकाका राष्ट्रपति सिरिल रामापोसाबीच शुक्रबार फोनमा कुराकानी भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।
भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका राष्ट्रपति रामापोसालार्इ फोन गरेका थिए । त्यस फोन सम्वादमा भारतले कोविड १९ सँग सम्बन्धित सबैखाले औषधीको आपूर्ति नरोक्ने जानकारी गराएको भारतीय प्रधानमन्त्रीको कार्यालयले जानकारी दिएको छ ।
उनीहरुबीच फोन सम्वादका क्रममा कोविड १९ ले आ–आफ्नो देशका साथै क्षेत्रीय र विश्वमा नै उत्पन्न गरेको चुनौतीपूर्ण परिस्थितिका विषयमा कुराकानी भएको बताइएको छ ।
भारतीय प्रधानमन्त्रीको कार्यालयले प्रकाशन गरेको विज्ञप्तिमा उहाँहरुबीच आ–आफ्नो देशमा कोविड १९ को संक्रमण नियन्त्रणका लागि अवलम्बन गरेका उपायहरुका साथै देशको अर्थतन्त्रमा पार्ने असरलाई कम गर्नका लागि अपनाइएका उपायहरुका बारेमा पचि चर्चा भएको थियो ।
त्यस वार्ताका क्रममा भारतीय प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकाका लागि आवश्यक औषधीसहितको सहायता उपलब्ध गराउने जानकारी दिएका थिए ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशमा पनि कोविड १९ को रोकथामका लागि गरेका प्रयासहरुको बारेमा प्रसंशा गरेका थिए ।
दक्षिण अफ्रिकी राष्ट्रपति रामापोसाले आफ्नो देशका साथै हाल अफ्रिकन युनियनको समेत अध्यक्षका हैसियतले कोविड १९ को संक्रमण रोक्न अफ्रिकी देशहरुमा गरेको पहलको प्रसंशायोग्य रहेको प्रधानमन्त्री मोदीले बताएका थिए ।
त्यस क्रममा प्रधानमन्त्री मोदीले कोविड १९ को रोकथामको प्रयासका लागि दक्षिण अफ्रिकाले गरेको प्रयासमाा भारत सरकारको पूर्ण सहयोग रहने धारणा उनले राखेको सो विज्ञप्तिमा जनाइएको छ ।
भारत र दक्षिण अफ्रिकामा पछिल्लो समयमा कोविड १९ को संक्रमण बढ्दो रुपमा देखिएको छ । भारतमा त यस संक्रमणबाट १४ हजार भन्दा बढी नागरिक विरामी परेका छन् भने ४८० जनाको ज्यान गएको बताइएको छ । एएनआई
News Desk 0 response शनिबार, बैशाख ६, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



