

-
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बिहीबार कोरोनाभाइरस प्रसार रोक्न विभिन्न राज्यद्वारा जारी गरिएको लकडाउन हटाउन तीन चरणको योजना सार्वजनिक गरेका छन् ।
“मेरो प्रशासनले नयाँ संघीय निर्देशिका जारी गरेको छ । यसबाट राज्यका गभर्नरहरूलाई चरणबद्ध रुपमा लकडाउन खुकुलो बनाउन मद्दत पुग्नेछ,” ट्रम्पले भनेका छन् । यद्यपि नयाँ निर्देशिकामा यसअघि कायम सामाजिक दूरीसम्बन्धी प्रतिबन्धहरु यथावत रहने उल्लेख छ ।
“ओपनिङ अप अमेरिका” नाम दिइएको उक्त निर्देशिकाका बारेमा राष्ट्रपति ट्रम्पले राज्यका गभर्नरहरूलाई जानकारी गराएका छन् । उक्त निर्देशिकामा अमेरिकी राज्यहरुमा जारी लकडाउन खोल्न तीन चरणको योजना अघि सारिएको छ । लकडाउन खुकुलो बनाउनुअघि कुनै पनि राज्य वा क्षेत्रमा कूल कोरोना संक्रमितको संख्यामा कमी आएको हुनु पर्ने पूर्वशर्त राखिएको छ ।
पहिलो र दोस्रो चरणमा, सार्वजनिक स्थानमा “सामाजिक दूरी” को निरन्तरता कायम राख्ने तथा १० जना भन्दा बढी व्यक्ति भेला हुन नपाइने उल्लेख छ । साथै जोखिममा रहेका कमजोर व्यक्तिलाई घरबाहिर ननिस्कने प्रबन्ध गर्नु पर्नेछ । यसबाहेक, “अत्यावश्यक बाहेक” को अवस्थामा यात्रामाथिको प्रतिबन्ध कायम रहनेछ ।
तेस्रो चरण अन्तर्गत, सबै जनाले भीड र सार्वजनिक अन्तरक्रियामा व्यतित गर्ने समय कम गर्नुपर्ने उल्लेख छ । ठूला ठाउँहरू, बार र जिमहरूले कोभिड–१९ भन्दा पहिलेको तुलनामा “सबैभन्दा ठूला परिवर्तन” सामना गर्नु पर्नेछ । यी स्थानबाट संक्रमण फैलिन नदिन सुनिश्चितता गर्नु पर्नेछ ।
बिहीबार साँझसम्म संयुक्तराज्य अमेरिकामा कोरोनाभाइरसबाट संक्रमितको संख्या ६ लाख ८० हजारको हाराहारीमा पुगेको छ भने ३४ हजारभन्दा बढीको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।
राष्ट्रपति ट्रम्पले गत बुधबार अमेरिकामा कोरोनाभाइरसको संक्रमण उच्चतम विन्दुमा पुगिसकेको दाबी गरेका थिए । तर अमेरिकामा विगत तीन दिनदेखि दैनिक दुई हजारको हाराहारीमा मानिसको मृत्यु भइरहेको छ । एपी
News Desk 0 response शुक्रबार, बैशाख ५, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



