

-
वासिङ्टन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले विश्वकै सर्वाधिक ठूलो अमेरिकी अर्थतन्त्रलाई खुला गर्ने बारेमा बिहीबार नयाँ योजना सार्वजनिक गरिने बताएका छन् । उनले अमेरिकामा ठूलो संख्यामा कोरोना संक्रमितको मृत्यु भइरहे पनि कोरोना संक्रमण “उच्चतम विन्दुमा” पुगिसकेको दाबी गरेका छन् ।
गत वर्षको अन्त्यतिर चीनमा देखिएको कोरोनाभाइरसको महामारीले विश्वलाई नै उल्टो दिशातर्फ मोडेको छ भने आधा मानवतालाई घरभित्रै रहन बाध्य पार्नुका साथै विश्व अर्थतन्त्रलाई दोस्रो ठूलो संकटतर्फ अग्रसर बनाएको छ ।
एएफपीको तथ्याङ्क अनुसार २० लाखभन्दा बढी मानिस कोरोना संक्रमित भएका छन् भने एक लाख ३३ हजारभन्दा बढीको ज्यान गइसकेको छ । संयुक्तराज्य अमेरिकामा मात्र गत २४ घण्टाको अवधिमा २ हजार ६०० जनाको मृत्यु भएको छ ।
तर राष्ट्रपति ट्रम्पले ह्वाइट हाउसमा आयोजित पत्रकार सम्मेलनमा भाइरस नियन्त्रणमा चालिएका “आक्रामक रणनीति” ले काम गरिरहेको दाबी गरेका छन् । उनले भने, “तथ्याँक हेर्दा नयाँ घटनामा कमी आउन थालेको छ, र उच्चतम विन्दु पार गरेको छ ।”
उनले देशका खुला गर्न खोजिएका क्षेत्रहरुमा पनि कोरोना प्रसार रोक्न स्पष्ट “निर्देशिका” जारी गर्ने बताए । उनले कम प्रभावित राज्यमा आगामी मे १ तारिखभन्दा अगाडि नै प्रतिबन्धहरुलाई खुकुलो बनाइने जानकारी दिए ।
विश्वका धेरै मुलुकका नेताहरू कोरोना संक्रमणको विनाशकारी दोस्रो लहरका जोखिमबाट बच्दै कसरी बिग्रिएको अर्थतन्त्रलाई सही मार्गमा ल्याउने भन्नेमा द्विविधामा रहेका छन् । ।
युरोपमै ठूलो अर्थव्यवस्था रहेको जर्मनीकी चान्सलर एन्जेला मर्केलले व्यवसायहरु खोल्न र विद्यालयहरु पुनः शुरु गर्न केही “सावधानीपूर्वक” कदमहरु घोषणा गरेकी छिन् ।
युरोपेली मुलुक डेनमार्कले प्राथमिक विद्यालयहरु खोल्न अनुमति दिएको छ भने फिनल्याण्डले हेलसिन्कीमा जारी लकडाउन हटाएको छ ।
लिथुआनियाले भने बिहीबारदेखि साना पसलहरू खोल्न अनुमति दिएको छ, जबकि अति प्रभावित इरानले केही साना व्यवसायहरूलाई पुनः सञ्चालन सुरु गर्न अनुमति दिएको छ ।
न्यूजील्याण्डले अर्को हप्तादेखि आफ्नो राष्ट्रव्यापी लकडाउन सहज गर्न थाल्नेछ । यद्यपि ब्रिटेनले आफ्नो लकडाउनलाई अरु बढाउने गरी बिहीबार नयाँ प्रस्ताव घोषणा गर्दैछ । बेल्जियमले मानिसलाई घरभित्रै बस्ने गरी जारी गरेको आदेशलाई आगामी मे ३ तारिखसम्म बढाएको छ ।
विकासोन्मुख मुलुकहरुमा खाद्य सामग्रीको अभाव हुने खतरा उत्पन्न हुँदैछ । खासगरी अफ्रिका र दक्षिण अमेरिकामा उत्पन्न खाद्य संकटले सामाजिक व्यवस्थामा गम्भीर असर पार्नेछ ।
रियादमा, विश्वका प्रमुख अर्थतन्त्र भएका २० वटा औद्योगिक राष्ट्रहरुको समूह (जी–२०) ले अति गरिब राष्ट्रहरूका लागि ऋण भुक्तानीको समयावधि एक वर्ष थप्न सहमति भएको छ ।
अमेरिकामा पनि यस महामारीले कम्तिमा १ करोड ७० लाख मानिसलाई आफ्नो रोजगारी गुमाउन बाध्य बनाएको छ ।
कोरोनाका कारण सिर्जित उदासिनताका बाबजुद पनि विश्वभर उदारताका कथाहरूले हौसला बढाउँछन् ।
बेलायतमा एक जना दोस्रो विश्वयुद्धमा लडेका ९९ वर्षीय टम मूरले बेलायती स्वास्थ्यकर्मीहरूका लागि करिब १ करोड ५० लाख डलर रकम संकलन गरेका छन् । ह्वीलचेयरको सहायतामा हिँड्नु पर्ने मूरले भने, “दोस्रो विश्वयुद्धमा सिपाहीहरु अग्रमोर्चामा थिए, अहिले हाम्रा सेनाहरु डक्टर र नर्सहरु हुन् ।” रासस/एएफपी
News Desk 0 response बिहिबार, बैशाख ४, २०७७

सम्बन्धित शीर्षकहरु
बेलायतमा डढेलो नियन्त्रणमा गोर्खा सैनिकको प्रयोग, ‘अभूतपूर्व काम’ भन्दै प्रशंसा
आइतवार, साउन ३१, २०८३-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
२० वर्षपछि इराकबाट अमेरिकी सेना फिर्ता हुँदै
बुधबार, अशोज १४, २०८३ -
न्याय सम्पादनमा बाह्य हस्तक्षेप बढी भएको फूलकोर्टको..
मङ्लबार, अशोज १३, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३ -
कालीगण्डकी करिडोर खुलाउन कम्तीमा एक साता लाग्ने
सोमवार, अशोज १२, २०८३ -
काठमाडौं उपत्यकामा मंसिरदेखि पशु वधशाला र मासु..
सोमवार, अशोज १२, २०८३
-
अर्थ मन्त्रालयको नियुक्तिमा सल्लाहकारदेखि पत्रकारसम्म हावी
बुधबार, अशोज ७, २०८३ -
दलमा खुलेका कर्मचारीलाई डाँडो कटाइयो, चाकडीमा लागेकाहरुलाई..
बुधबार, अशोज ७, २०८३ -
छोटो र सस्तो तातोपानी नाकाप्रति सरकार र..
मङ्लबार, अशोज ६, २०८३ -
कोरला नाकाबाट २० दिनमै साढे दुई अर्बभन्दा..
बुधबार, अशोज ७, २०८३ -
खाद्य अनुमति २८ लाखमा बेच्ने सरकारी अधिकारी,..
सोमवार, अशोज १२, २०८३



