

-
तिलोत्तमा ।
रुपन्देहीको तिलोत्तमा नगरपालिकाले आर्थिक वर्ष २०७५÷०७६ का लागि एक अर्ब ३५ करोड रुपैंयाँको बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभाको आइतबारको बैठकमा नगर उप–प्रमुख एवं बजेट तथा कार्यक्रम तर्जुमा समिति संयोजक जागेश्वरी चौधरीले एक अर्ब ३५ करोड ३२ लाख ५१ हजार रुपैंयाँको बजेट प्रस्तुत गर्नुभएको हो । प्रस्तुत बजेट पारित भएको छ ।
News Desk 0 response सोमवार, असार ११, २०७५
आइतबार सार्वजनिक भएको बजेट आर्थिक वर्ष २०७४÷०७५ को भन्दा झण्डै ३५ करोड बढी हो । आर्थिक वर्ष २०७४÷०७५ मा तिलोत्तमाले एक अर्ब ६९ लाख रुपैंयाँको बजेट ल्याएको थियो । उप–प्रमुख चौधरीले प्रस्तुत गरेको बजेटमा चालू खर्चतर्फ ५९ करोड २७ लाख अर्थात् ४३ दशमलव ७९ प्रतिशत र पूँजीगत खर्चतर्फ ७६ करोड पाँच लाख ५१ हजार अर्थात् ५६ दशमलव २१ प्रतिशत रुपैंयाँ विनियोजन गरिएको छ ।
बजेट प्रस्तुत गर्दै उप–प्रमुख चौधरीले शिक्षा, स्वास्थ्य, कृषि र पूर्वाधार विकासलाई प्राथमिकता दिएको बजेटको मुख्य उद्देश्य “समृद्ध नगर ः खुसी नगरबासी” रहेको बताउनुभयो । बजेटमा आम्दानी स्रोतको रुपमा आन्तरिक राजस्वबाट ५० करोड ८ लाख ४० हजार, अन्तर सरकारी वित्तीय हस्तान्तरणबाट ८३ करोड १४ लाख ११ हजार र प्रतिनिधिसभा सदस्यमार्फत् २ करोड १० लाख राखिएको छ ।
शिक्षातर्फ कुल बजेटको २० दशमलव ८३ प्रतिशत अर्थात् २८ करोड १९ लाख ८३ हजार रकम विनियोजन गरिएको छ । यसमा शिक्षक, कर्मचारीहरुको तलबका अतिरिक्त सामुदायिक विद्यालयहरुको भवन तथा पूर्वाधार निर्माणमा एक करोड, भवन रंगरोगन तथा मर्मत सम्भारका लागि एक करोड २९ लाख, दिवा खाजाका लागि एक करोड, बाल विकास शिक्षकलाई प्रोत्साहन भत्तास्वरुप ३५ लाख ८८ हजार, सामुदायिक विद्यालयहरुमा यातायात सञ्चालन अनुदानस्वरुप २० लाखलगायत विभिन्न शीर्षकमा रकम विनियोजन गरिएको छ ।
यसैगरी स्वास्थ्यतर्फ ५ करोड २१ लाख ९३ हजार, कृषि, पशुपालन र सिंचाईतर्फ ३ करोड ४३ लाख १० हजार रकम विनियोजन गरिएको छ । भवन, शहरी विकास र पूर्वाधार विकासका लागि १७ करोड रकम विनियोजन गरिएको छ । तिलोत्तमा उद्योगग्राम, तिलोत्तमा नगर तालिम केन्द्र, सीपमूलक तालिम संचालन समेतका कार्यक्रम कार्यान्वयन गर्न १ करोड २१ लाख रकम विनियोजन गरिएको छ । यसैगरी वन, वातावरण, हरियाली प्रवद्र्धनमा १ करोेड ८० लाख, खेलकुद र युवा तर्फ १ करोड २४ लाख ५० हजार रकम विनियोजन गरिएको छ ।
लैङ्गिक समानता तथा सामाजिक समावेशीकरणतर्फ १७ करोड ८ लाख रकम छुट्टाएको तिलोत्तमा नगरपालिकाले भू–उपयोग नीति २०७२ को कार्यान्वयन, सार्वजनिक जग्गा संरक्षण, नगरको पुनर्नापी कार्यक्रमलाई व्यवस्थापन गर्न ७५ लाख रकम विनियोजन गरेको छ । यस्तै खानेपानी तथा सरसफाईमा ६१ लाख, फोहोरमैला व्यवस्थापनमा १ करोड २० लाख रकम विनियोजन गरिएको छ ।
बजेटमा संस्थागत विकास, सेवा प्रवाह र सुशासन प्रवद्र्धनका लागि १ करोड १० लाख; सूचना, प्रविधितर्फ ७० लाख विनियोजन गरिएको छ । नगरस्तरीय आयोजना बाहेक जनसंख्या, क्षेत्रफल, खर्चको आवश्यकता, राजस्व परिचालन क्षमता समेतलाई दृष्टिगत गरी प्रत्येक वडालाई एक करोडभन्दा बढी रकमको सिलिङ विनियोजन गरिएको बजेटमा उल्लेख गरिएको छ ।
यसका अतिरिक्त संघीय तथा प्रदेश सरकारको समपुरक र विशेष अनुदानका आधारमा थप योजनाहरु तथा कार्यक्रम प्राप्त हुनसक्ने संभावना पनि रहेको हुँदा यसरी थप प्राप्त हुने आयोजनाहरुको लागि प्रोजेक्ट बैंक बनाएर राखिएको बजेट वक्तव्यमा उल्लेख छ । गत बुधबार नगर प्रमुख बासुदेव घिमिरेले प्रस्तुत गर्नुभएको वार्षिक नीति तथा कार्यक्रममा आधारित रहेर बजेट निर्माण गरिएको हो । यसैबीच आइतबारकैं नगरसभा बैठकले आर्थिक विधेयक र विनियोजन विधयेक पनि पारित गरेको छ ।

सम्बन्धित शीर्षकहरु
१० महिनामा भित्रियो १९ खर्ब १६ अर्ब रेमिट्यान्स, विदेशी मुद्रा सञ्चिति ३७ खर्ब नाघ्यो
मङ्लबार, जेष्ठ २६, २०८३-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
एकताबद्ध भएर अघि बढे रास्वपालाई चुनौती दिने..
आइतवार, असार ७, २०८३ -
भारततर्फ हुने नेपाली चियाको निकासी ठप्प
आइतवार, असार ७, २०८३ -
बाँदरबाट बाली जोगाउन राखेको विद्युतीय धरापमा परेर..
शनिबार, असार ६, २०८३ -
ललितपुर महानगरले आफ्नो क्षेत्रमा पर्ने चक्रपथमा ‘स्मार्ट..
शनिबार, असार ६, २०८३ -
सफाईकर्मीको योगदानको कदर गर्दै ३० ‘अदृश्य नायक’..
शनिबार, असार ६, २०८३
-
उपसचिव र प्रमुख प्रशासकीय अधिकृतसहित ८८ कर्मचारीको..
शुक्रबार, जेष्ठ २९, २०८३ -
प्रधानमन्त्रीको अभिव्यक्तिले सुस्तामा भारतीय सुरक्षाकर्मी पसेको होइन..
शुक्रबार, जेष्ठ २९, २०८३ -
विश्वकप २०२६ : विश्व विजेता स्पेन र..
सोमवार, असार १, २०८३ -
विश्वकप फुटबलमा २४ वर्षपछि फ्रान्स र सेनेगलको..
मङ्लबार, असार २, २०८३ -
भूमि प्रशासन कार्यालय मनाङका नासु ४० हजार..
आइतवार, जेष्ठ ३१, २०८३



