

-
काठमाडौं । काठमाडौं उपत्यकाका विभिन्न ठाउँमा तोकिएका ग्यास बिक्री केन्द्रहरूमा उपभोक्ताको अत्यधिक भीड लागेको छ ।
दशैँका बेला सहज रूपमा ग्यास उपलब्ध गराउन नेपाल आयल निगम र ग्यास बिक्रेता महासङ्घसँगको समन्वयमा जुनसुकै कम्पनीका सिलिन्डर पनि साट्न पाइने गरी स्थापना गरेका केन्द्रमा उपभोक्ताको भीड लागेको हो ।
यसैबीच ग्यास सिलिन्डर साट्नेहरूको भीड लागेपछि सङ्घले ६ वटा बिक्री केन्द्रलाई बढाएर आजदेखि ११ वटा पुर्याएको छ ।
सङ्घका अनुसार थपिएका नयाँ वितरण केन्द्रहरूमा बूढानीलकण्ठको चपलीमा भानु ग्यास, ललितपुरको हरिसिद्धिमा नेपाल र एचपी ग्यास, कलङ्कीमा गीता ग्यास, खसीबजारको आरके ट्रेडर्समा सीताश्री ग्यास र सतुङ्गलमा श्रीमाया ग्यास उपलब्ध छ ।
यसअघि ललितपुरको हरिसिद्धिमा श्रीराम, कलङ्कीमा साइबाबा र श्रीकृष्ण तथा सुकेधारामा बाबा र श्री ग्यास साटफेर भइरहेको छ । त्यसैगरी बालाजु औद्योगिक क्षेत्र गेट अगाडि नेपाल, एचपी, गीता, राजधानी र त्रिवेणी ग्यास, पेप्सीकोलामा सगर ग्यास र सिफलचौरमा एभरेस्ट र सुगम ग्यास उपलब्ध छ ।
तोकिएका यी ११ वटा केन्द्रबाहेक अन्य खुद्रा पसल वा ठाउँबाट भने फरक कम्पनीको सिलिन्डर साट्न नमिल्ने सङ्घले जनाएको छ ।
News Desk 0 response सोमवार, अशोज २६, २०८३

सम्बन्धित शीर्षकहरु
-
भारतीय मूलकी नित्या रमन बनिन् अमेरिकाको लस..
शुक्रबार, कार्तिक २१, २०८३ -
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
भारतीय विदेश सचिव मिश्री स्वदेश फर्किए
बिहिबार, कार्तिक २०, २०८३ -
एनपीएल : जनकपुरलाई हराउँदै लुम्बिनीको तेस्रो जीत
बिहिबार, कार्तिक २०, २०८३
-
प्रेस स्वतन्त्रताप्रति सरकार पूर्ण प्रतिबद्ध छ :..
शुक्रबार, कार्तिक २१, २०८३ -
शैक्षिक भ्रमणको प्रमुख गन्तब्य तनहुँको झाँगाझोली
शुक्रबार, कार्तिक २१, २०८३ -
पार्टीको आधिकारिकताको लडाइँमा एक सुकाको पनि लेनदेन..
बिहिबार, कार्तिक २०, २०८३ -
कार्कीको रिट दिनभर अध्ययनमै, आज दर्ताको टुंगो..
बिहिबार, कार्तिक २०, २०८३ -
प्रहरी नेतृत्व परिवर्तनप्रति नागरिक समूहको आपत्ति
बुधबार, कार्तिक १९, २०८३
-
उद्योग वाणिज्य महासंघका अध्यक्षको छायामा पोखरा क्षेत्रको..
शुक्रबार, कार्तिक १४, २०८३ -
नेपाल प्रहरीमा राजनीतिक दलमा भन्दा चर्को गुटबन्दी
बुधबार, कार्तिक १९, २०८३ -
न्यायालयको गरिमा जोगाउन होटल भेटको सत्यतथ्य सार्वजनिक..
शनिबार, कार्तिक १५, २०८३ -
सरकारी कार्यालयमा अब फाइल फटाफट, सेवाग्राहीले अनलाइन..
बिहिबार, कार्तिक १३, २०८३ -
पुषमा घर जाने प्रहरीका उच्च हाकिमको संख्या..
मङ्लबार, कार्तिक १८, २०८३


