

-
काठमाडौं : सरकारले रसुवाको भोटेकोशी बाढीमा परेर बेपत्ता भएका व्यक्तिहरूको आधिकारिक विवरण यकिन गर्न विशेष प्रक्रिया निर्धारण गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बेपत्ता व्यक्तिको स्थायी ठेगाना रहेका पालिका, जिल्ला विपद् समिति र प्राधिकरणमार्फत यो विवरण यकिन गरिनेछ ।
नेपाली नागरिकको हकमा सम्बन्धित पालिकाले वडा कार्यालयमार्फत बढीमा पाँच दिनको म्याद दिई निवेदन आह्वान गर्नेछन् । बेपत्ताका परिवारले नाता प्रमाणित र स्वघोषणासहित निवेदन दिनुपर्नेछ । परिवारका सदस्य नभएकाको हकमा भने स्थानीय प्रहरी र वडा सचिवको रोहबरमा सर्जमिन मुचुल्का उठाइनेछ ।
पालिकाले तीन दिनको दाबी विरोधको समय दिएपछि अन्तिम विवरण जिल्ला प्रशासन कार्यालयमा पठाउनेछन् । त्यसको पाँच दिनभित्र जिल्ला विपद् समितिले निर्णय गरी प्राधिकरण र प्रदेश मन्त्रालयमा विवरण पठाउने छ ।
यसैगरी बेपत्ता विदेशी नागरिकको हकमा भने परराष्ट्र मन्त्रालयमार्फत सम्बन्धित दूतावास तथा कूटनीतिक नियोगबाट विवरण प्रमाणित गराई मृत्यु घोषणाका लागि प्रक्रिया अघि बढाइने प्राधिकरणले जनाएको छ ।
सरकारले भोटेकोशी बाढीमा बेपत्ता भएकाहरूलाई पनि मृतक घोषणा गर्ने तयारी गरेको छ ।
News Desk 0 response सोमवार, अशोज २६, २०८३

सम्बन्धित शीर्षकहरु
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
रूसी ऊर्जा पूर्वाधारमा आक्रमण नगर्न ट्रम्पको चेतावनी
सोमवार, अशोज २६, २०८३ -
सवारी दर्ता र नामसारीका लागि अब खरिदकर्ता..
सोमवार, अशोज २६, २०८३ -
काठमाडौं उपत्यकामा तोकिएका ग्यास बिक्री केन्द्रमा उपभोक्ताको..
सोमवार, अशोज २६, २०८३ -
बाढीमा बेपत्ता भएकाहरूको आधिकारिक विवरण यकिन गर्न..
सोमवार, अशोज २६, २०८३ -
दशैँका लागि देशभर रुट परमिट खुला
आइतवार, अशोज २५, २०८३
-
चीनको सवै स्थल नाका समस्या हुँदा दशैंको..
आइतवार, अशोज १८, २०८३ -
कांग्रेस स्थापनाको ८० वर्षमा नियमित र..
आइतवार, अशोज १८, २०८३ -
अझै चुइँक्क बोलेनन्, चोलेन्द्र !
आइतवार, अशोज १८, २०८३ -
बलेफीमा कृषि उपकरण खरिदमा कमिसनको खेल
आइतवार, अशोज १८, २०८३ -
शून्यबाट ८,८४८ मिटरः विश्वको छानो चुम्ने नेपालको..
आइतवार, अशोज १८, २०८३


