

-
सुर्खेत । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कर्णाली प्रदेशका लागि अत्यावश्यक विभिन्न मेडिकल सामग्री पठाएको छ । कोरोना भाइरसको सम्भावित जोखिमलाई लक्षित गरी मन्त्रालयले स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका लागि ती सामग्री पठाएको हो । कोरोना भाइरस सङ्क्रमणमा पूर्व सावधानी, स्वास्थ्य परीक्षण, परीक्षणमा खटिने स्वास्थ्यकर्मी तथा सुरक्षाकर्मीको मन्त्रालयले सर्जिकल मास्क, स्यानिटाइजर, हेन्ड मास्कलगायतका व्यक्तिगत सुरक्षा सामग्री हस्तान्तरण गरेको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री नवराज रावतका स्वकीय सचिव तपेन्द्र बिसीका अनुसार सामाजिक विकास मन्त्रालयअन्तर्गत स्वास्थ्य निर्देशनालयलाई प्रदेशभरिका लागि सर्जिकल मास्क ३० हजार थान, भिटिएम ४० थान, स्प्रे पम्प पाँच थान, कोरोना भाइरस टेस्ट पाँच पिस, हातेपुस्तिका, ल्याब टेस्ट २० वटा, पिपिई ५० सेट, आइसाइट ५०, स्यानिटाइजर ३० वटा, ह्यान्डमास्क ५० वटा हस्तान्तरण गरिएको छ ।
त्यस्तै, मन्त्रालयले पठाएको सर्जिकल मास्क, स्यानिटाइजर पश्चिम सुर्खेतका चौकुने गाउँपालिका, पञ्चपुरी नगरपालिका, बराहताल गाउँपालिकामा कार्यरत स्वास्थ्यकर्मी र सुरक्षाकर्मीलाई वितरण गरिएको छ । राज्यमन्त्रीका स्वकीय सचिव बिसीले गाउँ तथा नगरपालिकाका सम्बन्धित स्वास्थ्य शाखा प्रमुखलाई ती सामग्री हस्तान्तरण गरेका हुन् । कर्णाली प्रदेशका लागि एक ट्रक स्वास्थ्य सामग्री पठाउन मन्त्रालयले ढुवानीको तयारी गरिरहेको उन बताए ।
News Desk 0 response शुक्रबार, चैत्र १४, २०७६

सम्बन्धित शीर्षकहरु
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
भोलिदेखि भरी सिलिण्डर ग्यास विक्री हुने
मङ्लबार, असार ३०, २०८३ -
११२ प्रमुख प्रशासकीय अधिकृत तथा शाखा अधिकृतको..
सोमवार, असार २९, २०८३ -
जोखिम बढेसँगै मुग्लिन–नारायणगढ सडकमा सवारी चलाउन रोक
सोमवार, असार २९, २०८३ -
सञ्चारमाध्यमका गेटमा गाडि पार्किङ गर्नेलाई कारबाही गर्न..
सोमवार, असार २९, २०८३ -
ट्राफिक जरिबानासम्बन्धी सामाजिक सञ्जालमा फैलिएको सूचना गलत..
सोमवार, असार २९, २०८३
-
सम्पत्ति जाँचबुझ आयोगलाई तत्काल काम नगर्न सर्वोच्चको..
शुक्रबार, असार २६, २०८३ -
मुख्यसचिवकै विवादमा रिक्त भएको सचिव पदमा नियुक्त..
बुधबार, असार २४, २०८३ -
मुख्यसचिवमा बाहुन–क्षेत्रीकै बाहुल्यता
बिहिबार, असार २५, २०८३ -
निजामती अस्पतालमा औषधिमै दुई करोड बढी भ्रष्टाचार
बुधबार, असार २४, २०८३ -
गाउँपालिका अध्यक्षविरुद्ध साढे ३ करोडको भ्रष्टाचार मुद्दा
सोमवार, असार २२, २०८३



