• काठमाडौं : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आधा किलोभन्दा धेरै सुनसहित चिनियाँ नागरिक पक्राउ परेका छन् ।

    चिनियाँ नागरिक झाङ गोउजिङको साथबाट ६३५.९६ ग्राम सुन बरामद गरेको त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) ढुण्डीराज नेउपानेले जानकारी दिए ।

    उनी गएराति साढे १० बजे हङकङबाट क्याथे प्यासिफिक एअरको विमानमार्फत काठमाण्डौ आएका थिए ।